अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८
| Colorodo: 07:13
अकुत सम्पत्ती आर्जन गरेको आरोपमा मुद्धा खेपिरहेका नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामामाथिको प्रतिबन्ध संसदले फुकुवा गरेको छ । विशेष अदालतले अकुत सम्पत्ति सम्बन्धी मुद्दामा लामालाई सफाइ दिएपछि शुक्रवार बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले लामामाथी लागेको प्रतिबन्ध फुकुवा भएको घोषणा गरेकी हुन् ।
दोहोरो नागरिकता लिएको भेटीएका लामाको बैंकमा रहेको लकरमा गोली समेत भेटीएपछि उनि बिबादित बनेका थिए । अकुत सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले लामा माथी विशेष अदालतमा मुद्दा हालेको थियो । तर लामाको सबै सम्पत्तिको श्रोत देखिएको भन्दै विशेष अदालतले लामालाई सफाई दिएको हो ।