अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

टेक्सासमा नेपाली बिद्यार्थीको मृत्यु, जीवनभर दुख झेलेकी आमालाई एक्लो बनाएर गईन् निशा

बिआरटीनेपाल २०७३ मंसिर २ गते १०:१६ मा प्रकाशित

अमेरिकाको जर्जियामा एकै परिवारका ४ नेपालीको मृत्युको खवर सेलाउन नपाउँदै  अमेरिकाकै टेक्सासमा एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । ओक्लाहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्शिंङ्ग बिषय पढ्दै गरेकी २० बर्षीय निशा कार्कीको बिहिवार बिहान ह्र्रदयघात भै मृत्यु भएको हो ।

काठमाडौँ निवासी निशा ९ महिना अघि अध्ययनका लागि अमेरिका आएकी थिईन् । पढाईमा अब्बल र मिलनसार बानि ब्यवहारकी निशाले पढ््ने सेन्ट्रल युनिभर्सिटी ओक्लाहोमा भए पनि उनि अर्भिंग टेक्सासमा बस्दै आएकी थिईन् ।

निशाको जीवनका कथाहरु कारुणिक छन् । आफु २ महिनाको हुँदा पीता गुमाएकी निशासंग अमेरिका आउँदा धेरै सपना थिए । पर्यटक गाईडको काम गर्ने उनका पीताको २० बर्ष अघि यात्राबाट फर्कदा बाटैमा मृत्यु भएको थियो । उनकी आमा कल्पना कार्कीले २ महिनाकी दुधे बच्चा निशाको मुख हेरेर पुरा जीन्दगी उनकै लालनपालन र असल संंस्कारको शिक्षा दिएर हुर्काईन् ।

अमेरिकाका लागि भिषा लागेको दिन उनकी आमाले सोचेकी थिईन् । अब मेरी छोरी ठुली भै ।जीवनभर मैले खेपेको दुखका दिन सकिने छन् । भएभरको पैसा जुटाएर ९ महिना पहिले निशाकी आमाले उनलाई अमेरिका पठाएकी थिईन् ।

तर सुन्दर भविश्यको सपना मनभरी बोकेर अमेरिका आएकी निशाले आफ्नी आमालाई एक्लो बनाएर अचानक संसार छाडीन् । आज पनि ठमेलको एउटा होटलमा काम गरिरहेकी कल्पना कार्कीका साँझ बिहान छोरीकै यादमा बित्थ्यो । उनि चाहन्थीन मेरी छोरीले राम्रो जीन्दगी जीवस् । निशाको पनि सपना थियो, आफुले राम्रो गरेर देखाउने र आमालाई सुख र खुशि दिने तर कहाँ हो कहाँ पराई भुमीमा निशाले आफ्नो भर्खरै हाँस्ने रमाउने बेलाको उमेर र जीवनलाई गुमाउनु पर्यो ।

बैशमै श्रीमान गुमाएकी कल्पना कार्कीले बुढेसकालको साहारा एक मात्र छोरी निशालाई पनि गुमाईन् । उनि चाहन्छीन् आफ्नी छोरीको दाह संस्कार नेपाली परम्परा अनुसार नै होस् । उनको अवस्थालाई बुझेर नेपाली समाज टेक्सासले समाजको गो फन्ड मी एकाउन्टमा आफुले सकेको रकम जम्मा गरेर कल्पना कार्कीको ईच्छा पुरा गर्नमा सहयोग गरिदिन सम्पुर्ण नेपालीलाई अपील गरेको छ ।

निशाको अन्तिम दाह संस्कार र उनकी आमालाई सहयोग गर्नका लागि निम्न लिङ्कमा जान सक्नुहुन्छ

https://www.gofundme.com/help-late-nisha-karkis-mother#sthash.Hu7gMatt.dpuf

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू