अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

मध्य पश्चिमका १५ जिल्लाका तस्विर तथा सुदूर पश्चिमको भिडियो प्रर्दशनी सुरु

बिआरटीनेपाल २०७३ मंसिर २ गते ४:१७ मा प्रकाशित

मध्य तथा सुदुरपश्चिमका पर्यटकिय स्थललाई तस्विर तथा भिडियोबाट प्रचार प्रसार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डमा आजबाट ४ दिने प्रदर्शनी सुरु भएको छ । मनघरी फाउण्डेशन र घुमफिर नेपालको आयोजनामा फोटो पत्रकार भरत बन्धु थापाले खिचिएका मध्य पश्चिमका १५ जिल्लाका प्रमुख पर्यटकिय स्थलका ५० तस्बीर तथा सुदूर पश्चिमको भिडियो प्रर्दशनिमा राखिएको हो ।15129986_1109755169121167_1130670616_n

अथाहा पर्यटकिय सम्भावना बोकेका मध्य र सुदूर पश्चिमका पर्यटकिय स्थानका बारे सरोकारवालाहरुको ध्यान पुग्न नसक्दा सो क्षेत्रको पर्यटकिय प्रर्वद्धन हुन नसकेको थापाले बताउनु भयो । उहाँले उपत्यका भित्र रहेकाहरुलाई यस स्थानका पर्यटकिय स्थलहरुको जानकारी प्रदान गर्ने उद्देश्यका साथ तस्बिर र भिडियो प्रर्दशनी गरिएको बताउनु भयो । यस अघि थापाले तस्बिरमा कैद गरेका मध्य तथा सुदूर पश्चिमका तस्बिर सुर्खेत, दैलेख, नेपालगञ्ज र भक्तपुरमा प्रदर्शन गरिसकेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू