अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेका परिवारका लागि ११ लाख ४५ हजार सहयोग

बिआरटीनेपाल २०७३ मंसिर १ गते ६:५४ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले स्वर्गिय पत्रकार सञ्जय न्यौपानेको छोरा छोरीको शिक्षाका लागि १० हजार ५ सय ८८ डलर सङ्कलन गरेको छ । उक्त सहयोग रकम बैङ्क अफ अमेरिकामा रहेको नेजाको चल्ति खाताबाट नेपाल पत्रकार महासङ्घको बैङ्क खातामा पठाइएको छ ।

२०१६ नोभेम्बर १५ सम्म यो रकम सङ्कलन भएको हो । यो रकम स्वर्गिय पत्रकार सञ्जय न्यौपानेको छोरा, छोरीको शिक्षामा खर्च गर्ने गरी नेजाले नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरेको हो ।

न्यौपानेका छोरा, छोरीको नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा मात्रै खर्च गर्ने गरी नेपालको कुनै वाणिज्य बैङ्कमा संकलित रकम राखिनेछ । यो बैङ्क खाताको संरक्षक स्वर्गिय न्यौपानेकी श्रीमती रहनु हुनेछ ।

नेजाले केही दिनअघि नेजा सदस्यसमेत रहनुभएका नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाको संयोजकत्वमा सहयोग सङ्कलन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा विजय घिमिरे, सुरेशचन्द्र पोखरेल, प्रतिमा वास्कोटा, इश्वरी न्यौपाने र विष्णु शीतल रहनुभएको थियो । सहयोग गर्नेहरुको नामावली नेजाको अफिसियल फेसबुक पेज र वेभसाईटमा राखिएकोछ ।

न्यौपानेको उपचारका लागि सहयोग सङ्कलन सुरु गरिएको थियो । उपचार गर्दा गर्दै उहाँ हामीलाई छोडेर अनन्तमा लिन हुनु भयो । नेजाले उहाँको उपचारमा सहयोग गर्न नसकेपनि न्यौपानेका छोरा, छोरीको शिक्षामा संकलित सहयोग खर्च गर्ने निर्णय गरेकोछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू