अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

आन्तरिक रुपमा संविधान संशोधनको तयारी- जबरा

बिआरटीनेपाल २०७३ मंसिर १ गते ४:१२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेशमा दुई प्रदेश सहित बिभिन्न मागलाई सम्बोधन गर्न संबिधान संशोधनको तयारी भइरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै जबराले अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरि संबिधान संशोधनको तयारी भइरहेको बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच अबको तीन महिनाभित्र एकिकरण हुने भन्दै उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डा सहित पार्टी एकिकरण हुन लागेको बताए ।
उनले पार्टी एकिकरणसँगै पदिय बाँडफाँड समेत मिलिसकेको भन्दै आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशक समितिको निर्णय कार्यान्वयन गर्ने पार्टी अध्यक्ष बन्ने पनि जानकारी गराए ।

जबराले पुरानै संरचना अनुरुप स्थानिय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै यसो नगरे स्थानिय निकायको निवार्चन नहुने भन्दै स्थानिय निकायको निर्वाचन पछि मात्र स्थानिय तहको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए ।

पुनर्निर्माणका सवालमा वर्तमान सरकारको सय दिन उपलब्धि मूलक हुन नसक्नुमा पूर्व सरकारले नियुक्ति गरेका प्राधिकरण प्रमुखमा जुनियर ब्यक्ति ल्याएकाले काम गर्ने वातावरण श्रृजना नभएको भन्दै पुनर्निर्माणको कामलाई गति दिन प्राधिकरण प्रमुख परिवर्तन आवश्यक रहेको जबराले बताए ।

उनले वर्तमान सरकारले भूकम्प पीडितहरु लाई तीन महिनामा केही गर्न नसके पनि अर्को जाडो सम्म केही गर्ने बताएका छन् ।
नेपालको कुटनीतिक पक्षमा दक्षिण तर्फको सम्बन्ध सुधार भएको भन्दै उत्तरसँगको सम्बन्ध बाहिर आए जस्तो नबिग्रिएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू