अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

स्ववियु चुनाव फागुन १५ मा

बिआरटीनेपाल २०७३ कार्तिक ३० गते १९:४८ मा प्रकाशित

विश्वविद्यालयले ८ वर्षदेखि हुन नसेकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १४ गते गर्ने भएको छ । स्ववियु निर्वाचन गर्ने विषयमा बुधबार निर्णय हुने विश्वविद्यालयले जनाएको छ । सबै विद्यार्थी संगठन लगभग चुनाव गर्ने पक्षमा छन् ।

‘अब निर्वाचन गर्नुको विकल्प छैन,’ निर्वाचन नियमावली निर्माण समितिको संयोजक एवम् रेक्टर सुधा त्रिपाठीले भनिन् । त्रिविको क्याम्पसमा विद्यार्थीको अस्तित्व नै संकटमा पर्ने देखिएपछि सबै संगठनको सहमतिमा फागुन १४ गते नै निर्वाचन गर्ने अन्तिम तयारी भएको उनले बताइन् ।

प्रमुख तीन दलका विद्यार्थी संगठन पनि जुनसुकै अवस्थामा चुनाव हुनुपर्ने अवस्थामा पुगेका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महरले जुनसुकै अवस्थामा पनि निर्वाचन हुनुपर्ने धारणा राखेका छन्। ‘अब निर्वाचनको विकल्प छैन। सबै विद्यार्थी संगठनहरू तयारी अवस्थामा छन्,’ उनले भने । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू