अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

अवधी पत्रकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान

बिआरटीनेपाल २०७३ कार्तिक ३० गते १:०० मा प्रकाशित

अवधी पत्रकार संघ नेपालका नव निर्वाचित पत्रकारहरुलाई तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स ) उप क्षेत्रीय कार्यालय नेपालगंजले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुनको प्रमुख अतिथिमा भएको कार्यक्रममा जिल्ला बार एसोशेसनका अध्यक्ष उदयराज बर्मा,थर्ड एलायन्सका अधिवक्ता विश्वजीत तिवारी लगायत नवनिर्वाचित पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार मोहम्मद हारुनले अवधी भाषीहरुलाई खरो रुपमा मैदान आउन जरुरी रहेको जिकिर गर्नु भएको थियो ।
यस्तै थर्ड एलायन्सको उप क्षेत्रीय प्रमुख आलम खानले अवधी भाषाको उत्थानका लागि अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धिगरी अगाडि बढन जरी रहेको बताउदै निकट महिनामा नै हुने नेपाल पत्रकार महासंघको जिम्मेवारी तर्फ समेत अवधी भाषीहरुलाई जान जरुरी रहेकोले आजैबाट सशक्त रुपमा अगाडि बढन सबैलाई सुझाव दिदै नव निर्वाचित सम्पूर्ण पत्रकारहरुलाई पूर्ण कार्यकालको सफलताको सफलताको शुभ कामना दिनु भएको थियो । यसै गरी अवधी पत्रकार संघनेपालका निवार्तमन अध्यक्ष सूर्यलाल यादवले संघलाई महासंघका रुपमा बनाएर अगाडि बढनका लागि शुभ कामना दिनु भएको थियो ।

कार्यक्रममा बारका अध्यक्ष उदयराज बर्माले अवधी भाषाको संचार संस्था संचालन गर्न जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रमको संचलन अवधी पत्रकार संघ नेपालका सदस्य प्रलाहद विशवकर्माले संचलन गरेको कार्यक्रममा अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्रा,बरिष्ट उपाध्यक्ष विनय दिक्षित ,महासविच यदुराज मिश्रा,उप सचिव गुरुमूरत यादव,सचिवहरु दिनेश ठाकूर,लक्ष्मी तिवारी,सदस्यहरु क्रमशःप्रलाद विश्वकर्मा,असफाक जसगढ,विनय त्रिपाठी,दिपक गुप्ता लगायतका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू