अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

अमेरिकामा आयोजित ‘टुएक्स क्रिकेट युएसए कप-२०१६’ मा ‘नेपाली राईनोज’ बिजयी

बिआरटीनेपाल २०७३ कार्तिक ३० गते ०:३४ मा प्रकाशित

टुएक्स क्रिकेट युएसए कप २०१६ मा नेपाली राईनोज बिजयी मेरो खबर प्रतिनिधि, ह्युस्टन, टेक्सस । अमेरिकामा क्रिकेट खेलको विकास र प्रचार-प्रसारको उद्देश्यले ‘Promoting the Crickets in USA’ भन्ने नाराका साथ संचालित प्रथम “मित्सुविसी टु एक्स क्रिकेट यूएसए कप- २०१६” (Mitsubishi 2X Cricket USA Cup 2016) नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु सम्मिलित टिम नेपाली राइनोजले जितेको छ। टेक्ससको पियरल्याण्ड (ह्युस्टन) स्थित Moosa Stadium मा आइतबार, नोभेम्वर १३,२०१६ का दिन भएको फाइनल खेलमा नेपाली राइनोजले ह्युस्टन स्पार्क्सलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै ६०,२५० डलर पुरस्कार राशीको प्रतियोगिता जितेकोछ।15057812_10157833133640694_1514412747_n

नोभेम्बर ९ देखि १३, २०१६ सम्म संचालित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बेलायत, अमेरिका, क्यानडा, यूएई लगायतका क्रिकेट खेलाडीहरु सम्मिलित ८ क्रिकेट टिम सहभागी थिए। नेपाली टीम “नेपाली राइनोज” ले समुह चरणसहित आफूले खेलेको पाँचवटै खेलमा शानदार विजय प्राप्त गरेको थियो। नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल सहितका ८ जना नेपाली स्टार खेलाडीहरु सम्मिलित नेपाली राइनोजले 2X Cricket USA Cup 2016 खेल्यो र शानदार जीतका साथ स्थानीय आयोजक र सयौंको संख्यामा उपस्थित नेपाली दर्शकहरूको मन जित्न सफल भयो।15032564_10157833133805694_1974729064_n

ह्युस्टनमा पहिलो पटक आयोजित ठूलो पुरस्कार राशीको क्रिकेट खेल हेर्न नेपाली क्रिकेट टिमको जर्सी र नेपाली झण्डा बोकेका सयौं दर्शकले फाइनल खेल जितेको नेपाली राइनोजका खेलाडीहरुसंग निकै बेर मैदानमा उफ्रेर नेपाली मन र नेपाली शैलीको खुसी प्रकट गरेका थिए। फाइनल खेलमा कप्तान पारससंग १३८ रनको साझेदारी गरेका नेपाली राइनोजका अलराउण्डर Shawn Findlay व्यक्तिगत १९३ रन सहित १० विकेट लिएर प्रतियोगिता कै सर्वाधिक महत्वपूर्ण खेलाडी घोषित भए भने यूएईका जिहान मकसुद २६५ रन बनाएर प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान घोषित भए। यसैगरी ह्युस्टन स्पार्क्स (Houston Sparks) का आसद अली ११ विकेट लिएर प्रतियोगिताको उत्कृष्ट बलर चयन भए। टी-२० क्रिकेटमा चार इनिंगको नयाँ फर्म्याटमा खेलाइएको क्रिकेट प्रतियोगिता समग्रमा निकै रोमान्चक रह्यो।15050417_10157833134000694_693360351_n

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन सहित फाइनल जितेर स्थानीय नेपाली दर्शकहरुलाई देश बाहिर पनि नेपाली सान र मान राख्ने मौका दिए। प्रवासमा पाइने बिरलै खुसीको एउटा कारण बन्यो क्रिकेटको यो जीत। मित्सुविसी मोटर्स नर्थ अमेरिकाका उपाध्यक्ष Don Swearingen ले बिजयी टोलीलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरेका थिए। नेपाली क्रिकेट टिमका खेलाडीहरु सम्मानित नेप्लिज एशोसिएसन अफ ह्युस्टनले टुएक्स क्रिकेट यूएसए कप २०१६ मा सहभागी हुन ह्युस्टन आइपुगेका नेपाली क्रिकेट टिमका खेलाडीहरुको सम्मानमा गत नोभेम्वर ११ तारिकका दिन रात्रीभोजको आयोजना गय्रो।नेपाली समाजका अध्यक्ष लगाएत समाजका अग्रजहरुले टिम नेपालका कप्तान पारस खड्का सहित सबै क्रिकेट खेलाडीहरुलाई ह्युस्टनमा बस्ने सबै नेपालीहरुको तर्फबाट सम्मान गरेका थिए ।15086348_10157833133720694_1443281910_n

 

तस्वीर सौजन्य: नेप्लिज एशोसिएसन अफ ह्युस्टन तथा समीर रावल, ह्युस्टन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू