अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

चीनका लागि नेपाली राजदुत पौड्यालको ध्यानाकर्षण गराईयो

बिआरटीनेपाल २०७३ कार्तिक २९ गते ८:४० मा प्रकाशित

नेपालका तर्फबाट चीनकालागि नियुक्त गरिएका राजदुत तथा पूर्ब मुख्यसचिव लिलामणि पौड्याललाई सुदूरपश्चिम सम्बृद्धि मार्ग (धनगढी–डोटी–चैनपुर–उरै–ताक्लाकोट) का बिषयमा ध्यानाकर्षण गराईएको छ । उक्त मार्ग निर्माणका लागि चिन सरकारको पनि समन्वय गराईदिनका लागि सुदूरपश्चिमका पर्यटन अभियन्ता, सरोकारवाला तथा राजनैतिक दलका प्रतिनिधीहरुले एक कार्यक्रममा राजदुत पौड्यालको ध्यानाकर्षण गराएका हुन् ।

img_2593

हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानोसरोवर जाने नेपालको सबैभन्दा छोटो बाटोको रुपमा रहेको चैनपुर उरै ताक्लाकोट सडकखण्ड निर्माणमा चीन सरकारको पनि सहयोग र समन्वय रहन सके यो मार्ग थप चाडो निर्माण हुने सुदूरपश्चिम सम्बृद्धि मार्ग अभियानका अगुवा तथा पर्यटन अभियन्ता किशोर खड्काले बताए । चैनपुर देखि उरै भञ्ज्यागं सम्मको मार्ग प्राबिधिक रुपले जटिल रहेकाले चिन सरकारको पनि सहयोग सहयोग भएको खण्डमा मार्ग निर्माणमा थप सहजता हुने खड्काको बुझाई छ ।

सुदूरपश्चिममा हाल सम्म उत्तर तथा दक्षिण तर्फका छिमेकि मुलुकसँग जोडने नाका खुल्ला नभएका कारण सुदूरपश्चिममा ब्यपारिक, पर्यटकीय तथा अन्य आर्थिक गतिबिधीहरु तिब्र हुन नसकेको पर्यटन अभियन्ता रमण श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार सुदूरपश्चिमबाट चिनको तिब्बेत जोड्ने सबैभन्दा छोटो तथा प्रभावकारी बाटो धनगढी, डोटी (दिपायल), चैनपुर, उरैं भञ्ज्यागं भएर हो ।

img_2402

कार्यक्रममा पूर्ब बनमन्त्री भानुभक्त जोशि तथा बझागंबाट प्रतिनिधित्व गर्ने सांसद अफिलाल ओखेडाले चैनपुर देखि उरै भञ्ज्यागं हुदै ताक्लाकोट सम्मको मार्गमा काम सुचारु भएको र केहि प्राबिधिक पक्षमा चिन सरकारबाट सहयोग भए उक्त मार्ग चाडै निर्माण हुने र चिनसँग समन्वयका लागि राजदुत पौड्यालले समन्वयकारी भूमिका निर्बाह गरिदिन आग्रह गरे ।

राजदुत पौड्यालले उक्त मार्ग सरकारको प्राथमिकतामा पार्न र काम सुचारु गर्न यहाँकै स्थानीय बासिन्दाको पहलले थप प्रभावकारी हुने बताए । साथै आफुले उक्त नाका खुल्ला गर्न र मार्ग निर्माणका लागि आवश्य प्राबिधिक सहयोग गर्न आफु तयार रहेको प्रतिवद्धता जनाए ।

14993427_1057225981042215_311894420812984312_n

उक्त मार्गको निर्माण र नाका खोल्नका लागि अहिले सुदूरपश्चिमका जन्ता हस्ताक्षर अभियानमा जुटेको नेपाल पर्बतारोहण संघ, साईपाल हिमाल शाखाका अध्यक्ष कटक कठायतले जानकारी दिए । उक्त मार्ग र नाका खोल्ने बिषयमा गरिएको हस्ताक्षर अभियानमा भौतिक तथा यातायात मन्त्री रमेश लेखकले हस्ताक्षर गरिसकेको र त्यसक्षेत्रबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधी लगायत आम नागरिकहरुले हस्ताक्षर गरिरहेको र हस्ताक्षर सहितको मागपत्र प्रधानमन्त्रीलाई बुझाउने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू