अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ कोलोराडोमा सम्पन्न (फोटो फिचर) 

बिआरटीनेपाल २०७३ कार्तिक २९ गते ५:११ मा प्रकाशित

नेपाली चलचित्र गाउँदेखि विश्वसम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्थरमा प्रचार प्रसार र प्रर्दशन गरी नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ शनिवार सम्पन्न भयो ।
15086849_10202644415387073_567753773_n

नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटि नेपाल डटकमको संयुक्त आयोजनामा कोलोराडो स्थित बु्रमफिल नगरमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त सिने कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममा फिल्म अवार्ड, पर्बतारोहीहरुलाई सम्मान तथा अभियान अर्वाड समेत वितरण गरिएको थियो । 15050213_10202644415787083_597267878_n

उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमा ग्राफर, उत्कृष्ट नायक, नायिका लगायत विभिन्न विधामा फिल्म अवार्डहरु वितरण गरी सिनेकर्मिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मिनेन्द्र रिजाल, स्थानीय ब्रुमफिल्ड काउन्ट्रि मेयर रेन्डी एरेन्स लगायत विभिन्न अतिथि तथा प्रायोजकहरुबाट वितरण गरिएको अवार्डबाट सम्मानित हुनेहरुमा बसुन्धरा भुषाल, गिहिन्द्र धिमाल, वसन्त श्रेष्ठ, शिव श्रेष्ठ, भुवन केसी, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, दिबांगत नायक श्रीकृष्ण श्रेष्ठ, आर पी पन्त, पुरुषोत्तम प्रधान, सञ्जय लामा राजबल्लब कोइराला, नन्दिता केसी, शिबहरि पौड्याल लगायतका विभिन्न विधाका सिनेकर्मिहरु रहेका छन् । दिबांगत नायक श्रीकृष्ण श्रेष्ठको सम्मान ग्रहण पछि स्टेचमा बोल्दैगर्दा उनकी जीवन सङ्गिनी तथा नायिका श्वेता खड्का भक्कान्निए पछि केही समय हल स्तब्ध बनेको थियो । 15086908_10202644416067090_1929205096_n

त्यसै गरी सोही कार्यक्रममा विश्वको सर्बौच्च शिखर सगरमाथा १६ पटक सम्म चढ्ने दानुरु शेर्पा, १६ वर्षको सानै उमेरमा सगरमाथा चढेर गिनीज बुकमा नाम लेखाउन सफल तथा बाबु छोरी दुवै सगरमाथा चढेर किर्तिमान समेत राख्न सफल ङिमा छम्जी शेर्पा, ९ पटक सगरमाथा चढ्ने पासाङ्ग तेन्जिङ शेर्पा, ७ पटक सगरमाथा चढ्ने डिमाकर्म शेर्पा, ६ पटक सगरमाथा चढ्ने मिङ्मा ओङ्गेल शेर्पा, , सगरमाथा र केटु हिमालको सफल आरोहण गर्ने दावा याङजुम शेर्पालाई कार्यक्रमका प्रमुख अतिथि लगायत विभिन्न ब्यत्तित्वहरुबाट खादा पहि¥याई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

यसै गरी कार्यक्रममा देश बाहिर बसेर पनि सिनेमा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्धेश्यले कृष्ण मल्लबाट सुरु गरिएको अभियान अवार्ड पनि वितरण गरिएको थियो । यसरी अभियान अवार्डबाट सम्मानहरुमा लाक्पा शेर्पा, रोहीणी कुमार शर्मा, बिलोल पोख्रेल रहेका छन् । 15049964_10202644416107091_1834385641_n

कार्यक्रममा बसुन्धरा भुषाल, शिव श्रेष्ठ, भुबन केसी, शम्भुजित बास्कोटा, सुनिल थापा, नन्दिता केसी, नारायण त्रीपाठी, शिबहरी पोड्याल, महादेब त्रीपाठी लगायतका कलाकारहरूले नाच गान तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा फेशन सो, राष्ट्रभक्तिका गीत र कार्यक्रमा उपस्थित अतीथीहरुबाट संयुक्त रूपमा स्मारीकाको बिमोचन समेत गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा सम्पन्न स्वागत मन्तव्य कार्यक्रममा आºनो धारण राख्दै अथितीहरुले यस अवार्ड आयोजनाको महत्वबारे प्रकाश पार्दै आयोजकलाई धन्यवाद दिएका थिए । यसरी मन्यब्य राख्ने प्रमुख अतिथि, विशेष अतिथि तथा आयोजकहरुमा प्रमुख अतिथि मिनिन्द्र रिजाल, बु्रफिल काउन्ट्रि मेयर रेन्डी एरेन्स, सङ्गीतकार शम्भुजित बास्कोटा, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, कार्यक्रमका नेपाल तर्फका संयोजक तथा ब्यवस्थापक मधुकुमार श्रेष्ठ, तथा अमेरिका तर्फका आयोजक अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ, नबराज श्रेष्ठ र बिआटि नेपाल डटकमका शैलेश पोखरेल रहेका थिए । कार्यक्रमको पहिलो सत्र जयप्रकास रिजालले सञ्चालन गरेका थिए भने दोस्रो सत्र सरोज र जिज्ञासाले संयूक्तरुपमा संंचालन गरेका थिए ।15058619_10202644415507076_792400735_n

dsc_0465-1

28

11
15050471_10202644415427074_1123296509_n

15045651_10202644415547077_1324167260_n

1

na

0

sunita

shiv2

dsc_0428

dsc_0174

dsc_0185

dsc_0239

10

dsc_0446

dsc_0178

11

12

13

14

15

16

19

21

22

21

20

27

26

 

24

23

22

18

17

16

15

14

13

12

11

10

9

8

7

5

4

3

2

1

nan

6

shiv

 

 

अन्य फोटोहरू पछि प्रकाशित गरिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू