अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

खुम्बु खोल्स्छ ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन कलाकारहरू कोलोराडोमा आउने क्रम सुरु

बिआरटीनेपाल २०७३ कार्तिक २५ गते १७:१२ मा प्रकाशित

अमेरिका नेपाल टेलिभिजन, नेपाल फिल्म सोसाइटी, तथा बिआरटी नेपाल डटकमको सयुक्त आयोजनामा अमेरिकाको कोलोराडोमा यही नोभेम्बर १२ तारिखमा हुन गइरहेको खुम्बु कोल्स्छ ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन नेपाली कलाकारहरूको एक समूह कोलोराडो आइपुगेको छ । यसरी नेपालदेखि यस कार्यक्रममा भाग लिन कोलोराडो आइपुग्ने कलाकारहरुमा शिव श्रेष्ठ भुवन के सी, कृष्ण मल्ल, सर्मिला मल्ल, सुनिल थापा, बसुन्धरा भुसाल, सम्भुजित बासकोटा स्वेता खड्का, असिस्मा नकर्मी, मधु श्रेष्ठ, आर पी पन्त, राम केसर बोगटी, माहादेब त्रिपाठि, गेहेन्द्र धिमाल, नन्दिता के सी, युन उप्रेती आदी छन् । brt_2478

नेपाली चलचित्रका पुराना तथा चर्चित नायक शिव श्रेष्ठले लामो यात्रा तय गर्नुपर्दा केही शाररीक थकान महसुस भए पनि कार्यक्रमलाई लिएर आफू अत्यन्त उत्साहित भएको बताए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा नायक कृष्ण मल्लले पुराना तथा नयाँ नेपाली चलचित्रकर्मीलाई अवार्ड प्रदान गर्न आयोजना गरिन लागेको यस्तो किसिमको कार्यक्रम विश्वमै पहिलोbrt_2482 भएको बताउँदै यस कार्यक्रमको आयोजक बन्न पाउँदा धेरै खुसी लागेको बताए । यसै गरी नेपाल र नेपाल बाहिर पनि खलनायकको भूमिकामा राम्रो नाम कमाएका सुनिल थापाले कलाकारहरूको लागि सबै भन्दा महत्त्वपूर्ण दर्शकहरुको माया हो भन्दै यस कार्यक्रममा पनि नेपाली दर्शकहरूले आफूहरुलाई माया गर्ने आशा गरेको बताए ।

यसै क्रममा कार्यक्रमको संयोजक नवराज श्रेष्ठले कार्यक्रममा भाग लिन अमेरिकाभरिबाट कलाकार र दर्शकहरु आउने क्रम केही दिन अझै जारी रहने जानकारी दिए ।

????????????????????????????????????

15008121_10202627782811269_875187336_o

15033899_10202627782611264_2021972257_o

14976034_10202627782651265_253867840_o

15060349_10202627782851270_1951728011_o

15064210_10202627782971273_1996850993_o

प्रतिक्रिया