अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’को चेतावनी

बिआरटीनेपाल २०७३ कार्तिक २४ गते ११:०१ मा प्रकाशित

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र सञ्जालका सल्लाहकार तथा नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतमको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली बृहत् शब्दकोश (२०७२) लाई तत्काल खारेज नगरी अनावश्यक विज्ञप्ति प्रकाशन गर्ने तथा अनावश्यक गालीगलौज गराउन केही छद्म व्यक्तिलाई प्रयोग गर्नेतर्फ गएमा कडा कदम चालिने र त्यसबाट उत्पन्न परिणामप्रति नेपाल प्रज्ञा प्रतिष्ठान नै जिम्मेवार हुने चेतावानी दिएको छ । मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई भेटेर नेपाली भाषामाथिका अव्यवस्था र अराजकताको प्रमुख कारक नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२) भएको हुँदा यसलाई तत्काल खारेज गरी नेपाली बृहत् शब्दकोश (२०५८) को संस्करणलाई निरन्तरता दिनुपर्ने अवधारणा प्रस्तुत गर्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले यस्तो चेतावनी दिएको हो ।

15036669_10211537079289521_7923921658004862303_n
सहप्रा. भरतकुमार भट्टराई, प्राज्ञ नरनाथ लुइटेल, सहप्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, सहप्रा.डा. नारायणप्रसाद गैरे, साहित्यकार प्रतीक ढकाल, सहप्रा.डा.माधवप्रसाद पाण्डेय, कानुन व्यवसायी रामेश्वर राउत मातृदास, सञ्चारकर्मी घनेन्द्र ओझा लगायतको उपस्थिती रहेको प्रतिनिधि मण्डलले नेपाली भाषाको वर्णविन्यास र मानक लेख्यरूपलाई जथाभावी बिगारी अमानक रूपको प्रयोग गरिएको नेपाली बृहत् शब्दकोश (२०७२) ले नेपाली भाषाका आम प्रयोक्ता र सरोकारवालालाई दिग्भ्रमित तुल्याउने हुँदा यो शब्दकोश प्रयोग नगर्न यस सञ्जालले सम्बद्ध सबैलाई आग्रह समेत गरेको छ ।15039524_10211537088889761_2553384622613498576_o15036669_10211537079289521_7923921658004862303_n

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू