अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

ग्लोबल नेपाली फिल्म अवार्डको लागि कलाकारहरू अमेरिका आउँदै

बिआरटीनेपाल २०७३ कार्तिक २३ गते १९:३३ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा नोभेम्बर १२ मा आयोजना हुन् गइरहेको ग्लोबल नेपाली फिल्म अवार्डको लागि नेपाली सिनेकर्मीहरु अमेरिका आउन सुरु भएको छ । सो कार्यक्रममा शिव श्रेष्ठ भुवन के सी, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनिल थापा, बसुन्धरा भुसाल, शम्भुजित बासकोटा, स्वेता खड्का, असिस्मा नकर्मी, मधु श्रेष्ठ, आर पी पन्त, राम केसर बोगटी, माहादेब त्रिपाठि, गेहेन्द्र धिमाल अमेरिकाको लागि हिजै कतार एयरलाइन्सबाट उढी सकेका छन् भने पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल र प्रदिप उदय दुई दिन पछि उढ्दैछन आयोजक शैलेश पोखरेलले राससलाई बताउछन । usa-2

त्यसै गरी गायक कर्मा शेर्पा, राज बल्लभ कोइराला, नन्दिता केसी, नारायण त्रिपाठी, युना उप्रेती, नारायण पुरी, सूर्य बोहरा र बिक्रान्त बस्नेत, युट्युबर आयुस रिमाल, सुमन बुढामगर सहभागी हुँदैछन् । नृत्य निर्देशक वसन्त श्रेष्ठ तथा सुमन विष्ट केही दिन अघि नै कोलोराडो आइसकेका छन् ।

सो अवार्डमा उत्कृष्ट फिल्म, उत्कृष्ट नायक तथा नायिका, सहयोगी नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, लाइफटाइम एचिभमेन्ट गरी आठ ओटा विधामा प्रदान गरिनेछ । अवार्डको नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटिनेपाल डटकमले नोभेम्बर महिनामा अमेरिकाको कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गर्न गईरहेकाछन । usa1

usa

कलाकारहरु दोहा एअरपोर्टमा ।

कलाकारहरु दोहा एअरपोर्टमा ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू