अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

नर्दन क्यालिफोर्नियाको डेविजमा १०८ औ लक्ष्मी जयन्ति

बिआरटीनेपाल २०७३ कार्तिक २३ गते १३:१८ मा प्रकाशित

६ तारिख आइतबारको दिन नर्दन क्यालिफोर्नियाको डेविज सहर अन्तर्गत पर्ने लाइब्रेरीमा ठिक ४ बजे देखि अनेसास नर्दन क्यालिफोर्नियाको च्याप्टरले १०८ औ लक्ष्मी जयन्ती समारोह च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न गर्‍यो ।

उक्त कार्यक्रममा झन्डै १५० जना भन्दा माथिको उपस्थिति थियो भने कविता वाचन गर्ने र लक्ष्मी प्रसादका कविता तथा मुना मदनका गीत, यात्री कविता सुरिलो स्वरमा सुनाउने गरी झन्डै ४० जनाको हारा हारीका सर्जकले पाठ गर्दा रातीको दश वज्यो । त्यसरी डेविजको लाईव्रेरिमा सबै दर्शकलाई मुग्दपार्ने कविहरू हुनुहुन्छ, अन्जना मल्ल श्रेष्ठ, एपि उपाध्याय, बाबु आचार्य, बन्धु पोखरेल, विनोद न्यौपाने,विनोद पौडेल , विरेन्द्र पाठक,धर्म कोइराला, दिक्षा बस्नेत,दुर्गा दाहाल, कृष्ण कला वाग्ले,कृष्ण श्रेष्ठ,मणि दाहाल, नवीन देवकोटा, पिताम्बर दाहाल,प्रेम ढकाल, भागिरथ दाहाल, घनश्याम न्यौपाने,विष्णु गुरूँग एकता,रिता देवी प्रधान,सविता बराल,शम्भु सुवेदी,शङ्कर पाण्डे,सुरेन्द्र वाग्ले,टिका कुमार पुन,निता थोर्सन,रघुवर श्रेष्ठ,सर्बज्ञ वाग्ले, वासु ढकाल,निरन्जन वाग्ले ,महेश गौतम,प्रमोद अमात्य हुनुहुन्थ्यो भने गीत गाउनेहरू-विशाल वाग्ले, रघुवर श्रेष्ठ , गीता न्यौपाने, मदन दिपबिम हुनुन्थ्यो । मदन दिपबिमले ‘खालीहात आएको खालीहात जाने हो, भन्ने गीत गाउदा त अगाडि कुर्चीमा बसेका सबै उठेर नाच्न थाले । img_2402

एस एफ स्टेटका अंइग्रेजी विषयका प्राध्यापक डा टिका लम्सालले लक्ष्मी प्रसाद देवकोटाका लेखन शैली र रोचक घटनाहरूको बारेमा आफ्ना धारणा राख्नु भएको थियो । भने डा किशोर शेरचनले भगवान् वुध्दको बारेमा जानकारी दिनु भयो । त्यसै गरी अनेसास नर्दन क्यलिफोर्निया च्याप्टरका सल्लाहकार निरन्जन वाग्लेले कार्यक्रम मा सहयोग गर्नेहरूलाई धन्यवाद दिनुभयो भने वरिष्ठ साहित्यकार तथा अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका वासु ढकालले नयाँ कमिटीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना दिनु भयो ।

संस्थाका अध्यक्ष सर्बज्ञ वाग्ले ले भन्नुभयो यहाँहरू सबै सँग सर सल्लाह गरेर अव नर्दन क्यालिफोर्नियालाई साहित्यमय बनाउन पर्छ । नेपाली साहित्य र नेपाली भाषाको जगेर्ना गरेर विदेशी भूमिमा पनि स्वदेश जस्तै बनाउनु पर्छ भन्दै विशेष गरी साना नानीहरूलाई हाम्रो अभियानमा समाहित गर्न सक्यौ भने हाम्रो अन्तर्राष्ट्रिय नेपाली साहित्यको उद्देश्य पुरा हुनेछ भन्ने आशय व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन गर्न सुरुमा प्रमोद अमात्यले बाबु आचार्यलाई दिनु भयो र बाबु आचार्यले नै कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । अन्त्यमा वरिष्ठ साहित्यकार वासु ढकालले नै कार्यक्रम को समापन गर्नुभयो ।  img_2399

स्मरणीय रहोस् उक्त कार्यक्रममा अगाडि बस्ने अध्यक्षतात्मक र गन्यमान्यमात्मक केही पनि देखिए । साधा र सरल किसिमबाट सबै तल बसेर सबै श्रोता र सबै कवि तथा सबै वरावरीको हिसाबले कार्यक्रम चलाईयो । कसैले मलाई वोलाएन र उसलाई वोलायो भन्ने गुनासो राख्नु पर्ने वातावरण नै रहेन । बेलुका चिया नास्ता र खानाको पनि सर्जक तथा श्रोताहरू सबैलाई व्यवस्था भयो । कार्यक्रम सबैले सोचे भन्दा राम्रो भयो भन्ने प्रशंसा मात्रै आइरह्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू