अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

कालो झन्डा देखाउन खोज्ने रिहा

बिआरटीनेपाल २०७३ कार्तिक २३ गते १३:०४ मा प्रकाशित

भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झन्डा देखाउने क्रममा पक्राउ परेका पाँच जनालाई आज रिहा गरिएको छ ।

यही कात्तिक १७ गते राष्ट्रपति मुखर्जीलाई कालो झन्डा देखाउन खोज्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित रामचन्द्र खड्का, तिलक बोहरा, योगेश बराल र शारदा भुसाल झालाई जिल्ला प्रशासन कार्यालयले एक महिने तारिखमा रिहा गरेको हो ।

पाँचै जनालाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ. ब. १२१ नं बमोजिम थुनुवा पुर्जी दिई महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । सोमबार दिनभरि काठमाडौँ परिसरमा राखिएकामा आज सरकारी वकिल कार्यालयमा बयान लिएपछि उहाँहरूलाई साधारण तारेखमा छाडिएको हो ।

साधारण तारेखमा छुटेपछि प्रशासन कार्यालय परिसरमा अध्यक्ष नेपालले सरकारले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू