अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको ‘अभिव्यक्ति श्रृंखला-९’मा स्रस्टा निर्मला परिवेश रार्इ

बिआरटीनेपाल २०७३ कार्तिक २२ गते ४:३४ मा प्रकाशित

नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिका क्षेत्रमा बेलायतमा एक दशकदेखि कार्यरत संस्था नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा वार्षीक आयोजना गर्दै आइरहेको अभिव्यक्ति श्रृंखलाले ९ औं भागमा कवि तथा गीतकार निर्मला परिवेश राईलाई मन्च प्रदान गर्ने भएको छ । बिगत दुइ दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी स्रस्टा निर्मला परिवेश राईले नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको स्थापनाकाल देखि नै गरेको योगदानको कदर गर्दै वार्षीक आयोजना गर्दै आइरहेको अभिव्यक्ति श्रंखलाको ९ औं भागमा राईलाई मन्च प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रवासमा रहेर पनि लामो समयदेखी नेपाली साहित्य विधामा आफ्नो कलम चलाउदै आएकी कवि तथा गीतकार राई एक समय ब्रुनाई लागि साहित्यिक दूत समेत रहेकी थिइन ।

साहित्यको कविता र गीत लेखनमा सक्रीय राईका करिब २३० वटा भन्दा बढी गीतहरु रेकर्ड भएका छन् भने उनका कविता संग्रह र अन्य कृति पनि बजारमा आएका छन् ।

खोटाङको सुङ्देला जन्मेकी राई सामाजिक सेवामा पनि सक्रीय रहंदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू