अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

‘अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने हल्ला हावादारी हो’-एमाले महासचिव पोखरेल

बिआरटीनेपाल २०७३ कार्तिक २२ गते ३:२९ मा प्रकाशित

एमाले महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने हल्ला हावादारी भएको बताएका छन् । सोमबार खोटाङ सदरमुकाम दिक्तेलमा भएको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अंगीकृत नागरिकलाई उच्च पद दिन नसकिने भन्दै अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने हल्ला हावादारी भएको बताएका हुन् ।

त्यस्तो गर्नै नसक्ने र हुनै नसक्ने कू प्रचार गरिएको भन्दै उनले भने– ‘यो हावादारी कुरा हो, तर, त्यस्तो प्रस्ताव आयो भने एमालेले विरोध गर्दछ, पास हुन दिंदैन ।’

पोखरेलले लोकमानसिंह कार्कीको नियुक्ति हुने प्रंसग चलेकै दिनदेखि आफू विपक्षमा उभिएको दाबी गर्दै कार्कीविरुद्धको महाअभियोगको पक्षमा उभिन कांग्रेसले ढिलाई गर्न नहुने बताए ।

‘उनले भने, ‘थोरै पनि विवेक छ भने कांग्रेस पक्षमा उभिनुपर्दछ,’ ।

भारतीय राष्ट्रपतिलाई दिने सम्मानप्रति एमालेको कुनै टिप्पणी नभए पनि सरकारले कुटनीतिक मर्यादा विपरीत चाप्लुसी गरेको आरोप पोखरेलले लगाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू