अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

पत्रकार न्यौपाने निधनले नेपाल अमेरिका पत्रकार संघ दुखि (शोक वक्तव्य सहित)

बिआरटीनेपाल २०७३ कार्तिक २२ गते २:१९ मा प्रकाशित

पत्रकार सञ्जय न्यौपानेको निधनप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले दुख ब्यक्त गरेको छ । पत्रकार न्यौपानेको निधनले सिंगो पत्रकारीता क्षेत्रलाई नै अपुरणिय क्षती पुगेको भन्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आईतवार शोक व्यक्त जारी गर्दै दुख ब्यक्त गरेको हो ।

आईतवार एक शोक वक्तव्य जारी गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले पत्रकार न्यौपानेको अल्पआयुमै भएको निधनले देश भित्र र बाहिरका सम्पुर्ण पत्रकार मर्माहत भएको भन्दै उनको परिवारमा गहिरो समबेदना ब्यक्त गरेको छ ।

साथै उपचारका क्रममा रहेका न्यौपानेको सहयोगका लागि समिति नै गठन गरेर काम गरिरहेको नेजाले संकलित रकम न्यौपानेका छोरा छोरीको शिक्षाका लागि काठमाडौंको कुनै एक वाणिज्य बैंकमा खाता खोलेर राख्ने नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ । बैंक खाता छोरा, छोरीको नाममा हुनेछ भने न्यौपानेकी श्रीमती संरक्षक रहने शोक वक्तव्यमा उल्लेख छ ।

कारोबार दैनिकका पुर्व सम्पादक एवं अग्रज आर्थिक पत्रकार सञ्जय न्यौपानेको गत शनिबार साँझ निधन भएको थियो । एक बर्ष देखि ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणाली सम्बन्धि समस्याबाट पिडित न्यौपानेको ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले जारी गरेको शोक वक्तव्य

मिति २०१६ नोभेम्बर ६
नेजाद्वारा शोक व्यक्त

नेपाली सञ्चारफाटका प्रतिभावान पत्रकार सञ्जय न्यौपानेको अल्पआयू मै
शनिवार भएको निधनले देश भित्र र वाहिर रहेका संपुर्ण संचारकर्मीहरु अहिले
मर्माहत र स्तब्ध भएका छौ । असामहिक निधनले निम्त्याएको असीम पिडाको यो
घडीमा परिवारजन र आफन्तहरु प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा)
समवेदना ब्यक्त गर्दछ । उहाँको निधनले समग्र पत्रकारिता क्षेत्रले एक
सच्चा र इमान्दार पत्रकार गुमाएको छ । न्यौपानेको निधन आर्थिक
पत्रकारिताका लागि अझ अपुरणिय क्षति हो । नेपाल अमेरिका पत्रकार संघ
(नेजा) शोक व्यक्त गर्दछ ।

उपचारकाक्रममा रहेका न्यौपानेको सहयोगका लागि नेजाले समिति नै गठन गरेर
काम गरिरहेको अवगत नै छ । संकलित रकम न्यौपानेका छोरा छोरीको शिक्षाका
लागि काठमाडौंको कुनै एक वाणिज्य बैंकमा खाता खोलेर राख्ने गरि नेजाले
नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ । बैंक
खाता छोरा, छोरीको नाममा हुनेछ भने न्यौपानेका श्रीमती संरक्षक रहनुहुनेछ

तोया दाहाल
 महासचिव,नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू