अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

तरुण दलको असन्तुष्ट पक्षले समानान्तर महाधिबेशन गर्ने चेतावानी

बिआरटीनेपाल २०७३ कार्तिक २२ गते १:३८ मा प्रकाशित

नेपाल तरुण दलको महाधिबेशनको बिषयलाई लिएर असन्तुष्ट पक्षले तोकिएको मिति कार्तिक २७ देखि २९ मा महाधिबेशन भए पोखरामै समानान्तर महाधिबेशन गर्ने चेतावानी दिएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थले नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको महाधिबेशन हठात् मनस्थितिमा गरिए पोखरामै समानान्तर अधिबेशन गर्ने चेतावनी दिएका हुन् ।

उनले बिभिन्न जिल्लामा अझै पनि बिबाद कायम रहेकाले सबैलाई समेटेर अघि नबढे यसले तरुणदलमा मात्र बिभाजनको स्थिति नभएर पार्टी बिभाजनकै अवस्था श्रृजना हुने बताउँदै केन्द्रिय सदस्य एवं बिधान तथा प्रचार प्रसार समितिका संयोजक मेदनी सिटौलाले एकलौटि रुपमा अधिवेशन गर्न खोज्नु र सदस्यता बितरण गर्नुका साथै तरुण दलका वर्तमान अध्यक्षले अकस्मात अधिबेशनको आह्रवान गर्नु जायज नभएको पनि बताए ।

अधिबेशनको खाँटि पक्षधर हामी भएको भन्दै समय गलत भएकाले सबैको सल्लाहमा मात्र निर्वाचनको मिति तय नगरिए तरुणदल बिघटन गर्नु पर्ने भन्दै उनले केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले नेपाली काँग्रेसका वर्तमान सभापति शेर बहादुर देउवा प्रतिगमनका समय मतियारको भूमिकामा रहेको र पेलेरै भएपनि तरुणको अधिबेशनमा लागेको आरोप लगाए ।

हरेक परिवर्तनमा तरुणको भूमिकालाई यदि देउवाले भूल्दै अधिबेशनको तयारीका लागि निर्देशन दिए परिणाम घातक सावित हुने उनले बताए ।

केन्द्रिय सदस्य टेकराज पौडेलले पोखरामा हुने भनेको महाधिबेशन केहीले आफ्नो स्वार्थ पूर्तिका लागि र काँग्रेसका तरुण बीच दुरी बढाउने काम भएको भन्दै सबै समस्याको हल नखोजी तोकिएको समयमा महाधिबेशन गरे काँग्रेसकै लागि घातक हुने भएकाले बिभिन्न जिल्लाको बिबाद मिलाएर महाधिबेशन गर्न उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू