अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

अमेरिकामा कार दुर्घटनामा चार नेपालीको मृत्यु र दुई घाइते

बिआरटीनेपाल २०७३ कार्तिक २१ गते १७:२० मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामीण क्षेत्र जेफर्सन काउन्टीमा भएको भीषण कार दुर्घटना परि गत शुक्रवार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ l

उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भई रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् l पारिवारिक सूत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल, वहाकि पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ l पछाडि बस्ने चार जना सबै जनाको मृत्यु भएको बुझिएको छ l गाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुवास खनाल घाइते भएका छन् तर खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ l

गाडीको पछाडि बस्ने पिता चिरन्जीवी खनाल तथा वहाकी धर्म पत्नी श्यामा खनाल, बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ l मृत्यु हुने उक्त परिवारले यस वर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् l लक्ष्मी पूजाको दिन आफूसँग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन् l उनले प्रहरीको सम्पूर्ण विवरण आए पछि अन्य थप जानकारी दिने बताए l

निसान अल्टिमा नामक कारमा सवार गरी रहेका उक्त गाडी दुर्घटना करिब शुक्रवार राति ९ बजे घट्न पुगेको हो भने २९६ नामक जर्जिया राजमार्गको उत्तर तर्फ गई रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडीसँग ठोकिन पुगेको थियो l

प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना देखेको बताएका छन् l माल बाहक (ट्रक )चालक त्यही स्थानीय स्यानडर्सभिलको टेनीमा सञ्चालित प्रतिष्ठानमा काम गर्छन् भने उनलाई सामान्य चोट लागेको छ l दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बिचमा भएको हो l

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ l पारिवारिक श्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिरको निवृतिभरण प्राप्त गरी अमेरिका घुम्न आएका बुझिएको छ l

 

यस सम्बन्धी भिडियोको साथै अन्य विदेशी समाचारका लिन्कहरु

http://www.wrdw.com/content/news/Four-people-killed-in-an-overnight-crash-in-Jefferson-County-400123911.html

http://chronicle.augusta.com/news/2016-11-05/jefferson-county-wreck-kills-4-injures-others

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू