समयसंगै बिभीन्न क्षेत्रमा देखिएको परिवर्तनसंगै मिडिया क्षेत्रमा देखिएको प्रबृति र गैह्र- ब्यबसायिक चरित्रले राज्यको चौथो अङ्गलाई आमनागरीकका नजरमा अबिश्वसनिय त बनाएको छ नै । त्यसो त जो ब्यबसायिक छवि एंव मर्यादामा बस्नेहरुलाई पनि यस क्षेत्रमा बिभिन्न आवरणमा पत्रकारीताको आढमा समाजमा आफुलाई प्रस्तुत गर्नेहरुबाट पेशा नै बदनाम बन्न पुगेको छ।
पत्रकार भन्दै भित्र भित्र यस्तो अनेक धन्दा गर्नेहरु पनि कम छैनन् हाम्रो समाजमा । अर्कालाई नैतिकताको पाठ सिकाउन लेख्नेहरुको भित्रि धन्दा सुन्दा तपाई छक्क पर्नुहुन्छ ।
एकातिर ब्यबसायिक छवि बनाएका धुरन्धरहरु छन् भने अर्को तिर बिभिन्न स्वार्थका,बर्को ओढेका अझ यो भन्दा पनि खतरनाक र पत्रकारीतामा दले प्रबृतिका केहि बदनामहरु पनि सक्रियरुपमै खटेका छन् ।
यस्ता पात्रहरुले समग्र पत्रकारिता जगतलाई नै बदनाम बनाएको छ। बिगतमा अपराध गरेर जेल सजाय भएका पनि पत्रकार,बिभिन्न कुकर्ममा समाजवाट परित्यक्त पनि पत्रकार, अर्काको घर भाड्ने पनि पत्रकार, बिभिन्न कार्यालय (सरकारी गैर सराकारी )मा बार्गेनिङ्ग गरेर घर खर्च चलाउने पनि कसरी पत्रकार हुन सक्दछ ।
मिडियालाई नियमन गर्ने भनेर बनाईएको प्रेश काउन्सीलले अब निकै जिम्मेवार भएर अनुसन्धान गर्नु पर्ने अवस्था आएको छ ।
अव त्यस्ता प्रबृति र पात्रहरुको नकाव समाजका अगाडि उदाङ्गो पार्न जरुरी छ ।अन्यथा समाजमा सत्य मर्नै अनि यस्ता कुपात्रहरुका कारण समाज दिग्भ्रमित भईरहने हुन्छ।हाम्रो समाज पनि यस्ता मिथ्या समाचार पढेर आफ्नो धारणा बनाउने संस्कारको अन्त्यका लागी गैह्र- ब्यबसायिक मिडियाको खोजी बढाउन जरुरी छ ।
होईन भने पत्रकारिता गरेर आफ्नो जिविका निर्वाह गर्न हम्मे हम्मे परेका होनहार संचारकर्मीहरु कोही बिदेशिएका छन त कोही अभाबै अभावमा आफ्नो जिविका निर्बाह गरि रहेका छन। अरुका वारेमा मनपरी, मनगढन्ते मिथ्या समाचारले पाना रंगाएर बस्ने एउटा जमातको नकाव उतार्न जरुरी छ।
मिति २०७० बैशाख २६ गते ठगी तथा गाडी चोरी मुद्दामा ईलाका प्रहरी कार्यालय रुपन्देहीबाट पक्राउ परी करिव डेढ बर्ष जेलमा परेका गुल्मी घर भई हाल पत्रकारीताको आबरणमा त्यसमा पनि पुलिसका बारेमा समाचार बनाउदै दलाली गर्दै हिड्ने मदनबाबु भन्डारीको बिगत त अध्यारो नै थियो।
बर्तमानमा पनि बिभिन्न मानिसहरुलाई ब्लायकमेलीङ गरी पैसा माग्ने, कुनै अमुक ब्यक्तीको ईशारामा फोहरी र मनगढन्ते कथाहरु बुन्ने अनि पत्रकारिताको बर्को ओढी शुसासन नामको पत्रिकामा अनाबश्यक बिषयबस्तुहरुको कथा बुनेर मानिसहरुलाई सताउने पुरानै गोर्खे धन्दामा रमाईरहेका छन।
अझ रमाईलो कुरा त के भने पुलिसका आफुलाई राम्रा र भविष्यमा संगठन हाक्छु भन्नेहरुवाट यस्ता कुपात्रहरुलाई सर्लक्कै अंगालो हालेर संरक्षण गरेको देख्दा कस्तो संस्कारको बिकास गर्न खोजिएको हो भन्ने प्रश्न उठिरहेको छ ।
गुल्मी घर भई कोहलपुरे मदनबाबु भण्डारी कोहलपुरमा बिगतमा रेसुङ्गा ड्राईभिङ्ग सेन्टर खोलि भित्र भित्रै गाडी चोरीको धन्दा चलाउदै धेरै मानिसलाई ठगी गरेकोमा उनि त्यतिबेला प्रहरीको खोजिबाट उम्कन बुटवल तिर लुकिछिपी बसेको समाचार स्रोतले बताएको छ ।
“सानै देखि लागेको बानी कहा जान्छ” भने झै उनले त्यो धन्दा पुन बुटवलमा शुरु गरे। यसक्रममा यिनले बुटवलका श्याम प्रसाद श्रेष्ठ, जिवन बन्जाडे (जोशी ), तिल बहादुर चौहान मगर, ज्ञ्यानेन्द्र ज्ञवाली, सुनिल कुमार श्रेष्ठ,बिष्णु प्रसाद गौतम, निरन्जन राज भन्डारी, देबेन्द्र पौडेल, बिष्णु प्रसाद न्यौपाने, सरस्वती गिरी अरुण ज्ञवाली ,मेदनाथ बेलबासे, लगायतका ब्यक्तीहरुलाई गाडी दिन्छु भनि रकम उठाउदै पैसा खाईदिने मात्र होईन , बिना कागजातका गाडीहरु उपलब्ध गराउन खोज्ने क्रममा माथि उल्लेखीत मानिसहरुले इ. प्र.का. बुटवलमा जाहेरी दिई भण्डारीलाई पक्राउ गरेका थिए।
करीव डेढ बर्ष जेलको चिसो खाएका यि हन्तकारी जेलबाट निस्केपछि एकाएक पत्रकारको खोलमा समाजमा अनेकौ खालको डंका पिटाउदै हिड्न थालेका छन । नेपाल प्रहरीका केही अधिकृतहरुले यस्ता फटाहालाई प्रयोग गरी आफ्ना बिरोधी तह लगाउने हतकण्ठाको रुपमा प्रयोग गरेको देख्दा “गर्नैलाई भन्दा देख्नेलाई लाज भने झै भएको छ ।
यिनको कथा यतिमा मात्र सिमित हुदैन।पश्चिम क्षेत्रको डिआजी हुदा राजेन्द्र सिं भण्डारीको यि नटवरलालसंग सम्पर्क अपराध संबन्धी सुचना दिने सर्तमा भयो।आफू गलत धन्दामा लागेर जेल समेत परेकोले गाडी चोरी लगायतका सुचनाहरु उपलब्ध गराए बापत यिनको राजेन्द्रसिंहसंगको घनिष्ठता बढ्दै गयो।
काठमाण्डौमा पनि यिनको राजेन्द्रसिंहको ऊठबसका कारण केही प्रहरी अधिकृतहरुसंग हिमचिम बढ्दै गयो।केहि प्रहरी अधिकृतकै सिफारीसमा आर्थिक दैनिक पत्रिकामा काम गरेका यिनले सो पत्रिकाको नाम भजाएर पुलिसका थुप्रैलाई मुर्गा बनाए। कतिलाई कोपभाजनमा समेत पारे।
पुलिसका एकथरि अधिकृतहरुले यी भण्डारीलाई रक्सी र पैसामा नराम्रोसंग प्रयोग गरे , अझै गर्दै छन। हाल बानेशवरमा शुसासन नामक पत्रिकामा यिनलाई प्रयोग गर्नै बिभिन्न पुलिसबाट पैसा उठाई पत्रिका संचालन गरेको देख्दा ‘……. भन्दा देख्नेलाई लाज” भने उखान चरितार्थ हुन्छ ।
घरायसी संबन्ध लथालिंग भएका यिनको लुटको गोरख धन्दामा प्रत्यक्ष सहयोग गर्नेहरु निम्न छन ।
१, एआईजी प्रतापसिहं थापा
२, एआईजी राजेन्द्र सिंह भण्डारी
३, डिआईजी नबराज सिलवाल
४, एस.एस.पि. सर्बैन्द्र खनाल
५,एस.एस.पि. बिक्रम थापा
६, एस.पि. दिपक थापा
७, डि.एस. पी. दान बहादुर कार्की
८, डि.एस. पि. गंगा पन्त
९, डि.एस. पि. बाल नरसिंह राणा
१०,डि.एस.पि .ओम अधिकारी
११, डि.एस.पि. शान्ती राज कोईराला
१२, डि.एस.पि. सुदिप राज पाठक
१३,ईन्सपेक्टर रुगम कुँवर
१४, ईन्सपेक्टर धर्म भण्डारी
१५,एसएसपी श्यामसिंह खत्री
अपराध महाशाखाका सई दिपेन्द्र चन्द लगायतको समुह तथा CIB का ईन्सपेक्टर रुगम कुवर यी नटबरलालको पुलिसका बारेमा मनोगढन्ते कहानिका खास सुचना श्रोत हुन।
केही समय पहिले डिआजी नवराज सिलवाल समुह जसको मुख्य माष्टर माईन्ड रुगम कुवर ले Embassy नामको पानिपोखरी स्थित रेष्टुरेण्टमा बसि सिलवालका प्रतिस्पर्धी डीआईजी जय बहादुर चन्दको बारेमा अनेकौं समाचार बनाएर छापे ।
त्यति मात्रै होईन बौद्ध स्थित भाटभटेनिमा रुगम कुवर, सई दिपेन्द्र चन्दको टोलि पटक पटक बसि मनगढन्ते समाचारका बिषयमा छलफल गर्दछन अनि त्यही बाट Facebook मा Status हाल्न् लगाउने अनि त्यसमा Share र like ,Comment गर्दै रमाएर बस्ने गरेको पर्दाफास भईसकेको छ ।
यस्ता कहानि त कति छन् कति ? यी भण्डारीका बिषयमा । यिनको बारेमा बुझ्न धेरै टाढा जानु पर्दैन , बुटवल र , कोहलपुर गएर सोधेमा यिनको अपराध कर्मका बारेमा सवैले ,सहजै बताईदिन्छन।
उता ,नेपाल दुरसंचारको मोवाइल सेवा निर्देशनालयकाका इन्जिनियर अमित ठाकुरले पनि यी भण्डारीलाई निरन्तर सुहयोग गर्दै आएका छन् ।