अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल

बिआरटीनेपाल २०७३ कार्तिक २० गते ११:५० मा प्रकाशित
मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सन्चालनको मानक नेपाली वर्णविन्यास ( र लेखनरूप सम्बन्धी अवधारणा पत्र हामी माझ आईसकेको छ | अवधारणा या संकल्पना भाषा दर्शनको शब्द भएकोले अवधारणा अन्तर्गत यथार्थ वस्तुहरू तथा परिघटनाहरू संवेदनात्मक सामान्यीकृत बिम्ब , जुन बस्तुहरू तथा परिघटनाहरूका ज्ञानेन्द्रिय प्रत्यक्ष सक्रिय बिना चेतनाबाट बनि रहन्छ र पुनर्सृजित हुन्छ । यद्यपि आएको अवधारणा व्यक्तिगत संवेदनात्मक परावर्तनको एउटा रूप हो तरपनि मानिसमा सामाजिक रूपबाट निर्मित मूल्यहरूबाट त्यसको अविच्छिन्न सम्बन्ध रहने भएकोले अवधारणा भाषाको माध्यमबाट अभिव्यक्त हुने गर्दछ । त्यस्को सामुहिक महत्व हुने भएकोले त्यसलाई सदैव बोध गरिन्छ र गर्नुपर्छ ।
अवधारणा चेतनाको आवश्यक तत्व हुनाले यसले संकल्पनाहरूको वस्तु – अर्थ तथा अर्थलाई बस्तुहरूसंग बिम्बहरूसंग गास्दछ र हाम्रा चेतनालाई संवेदनात्मक बिम्बहरूलाई स्वतन्त्र रूपबाट परिचालित गर्ने संभावना रहन्छ । आउनुहोस् हामी सबै मिली यो “मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाललाई” सफल पार्न एकजुट बनौ किनभने स्वार्थको खोल ओडेका राष्ट्रीय क्षितिजमा थुप्रै समस्याहरू छन , तर राष्ट्रभाषाको पदमा नेपाली प्रतिष्ठित हुनु एउटा यक्ष प्रश्न हो ।
लामो समय देखि कुर्शीको चिट्ठा परेका नेपाली नामको कोट लगाएका देशका सम्पूर्ण ईश्वर भक्तहरूबाट आशीर्वाद प्राप्त हुँदा तिनीहरुले नेपाल मै अलख जगाए ।त्यसैको फाइदा उठाउदै कुर्शीमा बस्ने नायकहरूले पनि आफ्नो बल प्रदान गरे । तर आफ्नो नेपाली राष्ट्र भाषाको महत्व दर्शाउदै बीपीले पनि नेपाली भाषामा थुप्रै कृतिहरू लेखे । नेपालीको शक्ति र सामर्थ्यले जनआन्दोलनहरूलाई सिंचित गर्यो । संचालित आन्दोलनको सफलताबाट नै अहिलेको अवस्थामा पुग्न संभव भयो ।तर समाजमा महाजन ( ठूला मानिस ) छन । तिनीहरूले नेपालीलाई आफ्नो हृदयमा प्रतिष्ठित गर्न जरुरी छ चाहे तिनीहरू कुनैपनि क्षेत्रका किन होउन ।
समाजका प्रभावशाली वर्गका छोराछोरी अँग्रेजी मै सुन केशरी रानीको कथा सुन्दछन । अँग्रेजी माध्यमबाटै शिक्षा ग्रहण गर्दछन । नेपालीलाई हेय दृष्टिबाट हेर्दैछन । नेपाली भाषा बोल्ने प्रति आपसी भेदभाव थुप्रै देखिनु कस्तो विडम्बना ? राष्ट्र भाषाभित्र कुरुपता हुनु नेपालीको लागि दुर्भाग्य र विदेशीको लागि सौर्ण अवसर हुनु हो जसले मात्र विकृति फैलाउछ त्यसैले नेपाली हुनुको गौरव ,नेपाली बोल्नु,लेख्नु,पढ्नु र व्यबहारमा प्रयोग गर्नु भनेको राष्ट्र भाषा हाम्रो संस्कृति र सभ्यता बुझ्नु हो । यो भेद भाषाको अाधारमा नै छ तर धन र मानबाट प्रतिष्ठित मानिस नेपालीलाई र भाषालाई सम्मान दिन नखोज्नु दास मानसिकता हो भन्ने मलाई लाग्छ ।
म इजराइलमा १० बर्ष देखि छु । इजरायल कै सानो उदाहरण दिन मन लाग्यो | पहिले यहाँ हिब्रूलाई मृतभाषा सम्झिएर तिरस्कृत गरियो तर यताउता छरिएका यहुदीहरूले आफ्नो यस भाषालाई राष्ट्रको भाषा बनाई छाडे । पुन: इजरायललाई क़ब्ज़ा गरेर उनीहरूले राष्ट्रभाषा बनाए । आज हिब्रुमा उनीहरूको संस्कृति र सभ्यता जीवित छ । चीन , जापान ,र अन्य राष्ट्रमा उनीहरूको भाषा नै कामकाजको भाषा छ । इजराइलमा धेरै मानिसले आफ्नो मातृभाषा हिब्रूलाई हृदयमा लगाएर राखे र भाषाको माध्यमबाट आफ्नो संस्कृतिलाई जीवित राखे । ” महाजनो एन गत: स पंथ ” । हृदयबाट, पेटबाट हृदयको भाषा बनेर नै नेपाली राष्ट्रभाषा बन्दछ – नेपाली भाषाहरूको सही संगिनी हो ।
३ करोड मानिस द्वारा बर्षमा एक दिन होइन तीन सै पैसठ्ठी दिन प्रतिपल नेपाली मै सोच्ने ,बोल्ने , विचार गर्ने गरेमा नै नेपाली फस्छ फुल्छ । यसको शुरूवात यी ठूला मानिसले नै गर्नु छ । भाषा वर्ण विन्यास आम सरोकारका साथ साथै प्राज्ञिक विषय समेत भएकाले नेपाली भाषा अन्तराष्ट्रीयकरण भइ सकेको सन्दर्भमा नेपाली भाषाको वर्ण विन्यास र लिपि चिन्ह सम्बन्धमा विवाद र अल्झोलाई चाडो भन्दा चाडो निराकरण गर्न आपसी सद्भाव र मेलमिलापबाट समस्याको समाधान गर्न एक जुट होऔं र आफ्नो नेपाली भाषालाई अन्तर्राष्ट्रिय भाषाको रुपमा लेखाउन हातेमालो गरी विश्वभरी छरिएर रहनेका सम्पूर्ण नेपालीहरुले आ-आफ्नो ठाउँवाट योगदान दिदै राष्ट्र भाषा प्रति कुविचार,कुधाराणा दृष्टिकोण भएका व्यक्तिलाई सचेत गराउन ठोस कदम चाल्न पहल गरौ …|
प्रतिक्रिया