अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

‘दीयो’ र ‘काव्य जून’को विमोचन संगै साहित्यकार गङ्गा लिगल सम्मानित

बिआरटीनेपाल २०७३ कार्तिक २० गते ७:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास ह्युस्टन च्याप्टरको वार्षिक प्रकासन ‘दीयो’ एवं स्रष्टा गङ्गा लिगल  (अमेरिका) को मुक्तक कृति ‘काव्य जून’ को विमोचन तथा साहित्यकार गङ्गा लिगलको सम्मान गरेको छ । राजधानीको मिडिया ईन्टरनेसनल हलमा शनिबार एक कार्यक्रम आयोजना गरि दुई कृतीको बिमोचन र साहित्यकार गङ्गा लिगललाई सम्मान गरिएको हो ।unnamed-8

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कृती बिमोचन तथा स्रस्टा सम्मान कार्यक्रममा विमोचित कृति र सम्मानित स्रष्टाका बारेमा समालोचक प्रा। डा। खगेन्द्रप्रसाद लुइटेलले आफना धारणा राखेका थिए ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्यापटरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कार्यक्रममा साहित्यकारहरु माया ठकुरी, शैलेन्द्र साकार, गङ्गा लिगल, अनेसास केन्द्रीय सदस्य एवं नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, यादव भट्टराई लगायतले आ आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रममा अग्रज साहित्यकार साथै साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।unnamed-9

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू