अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

लोकमान अझै सरकारी निवासमै, तारेख बुझ्नसमेत आएनन् कार्की

बिआरटीनेपाल २०७३ कार्तिक १९ गते २३:१९ मा प्रकाशित

सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्‍याएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेको छ।

सर्वोच्च र कार्कीको निवास आधाघन्टाको दुरीमा छ तर कार्की तरेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन्। कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो। त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपर्थ्यो।

त्यस अनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपर्थ्यो। उक्त मितिमा सार्वजनिक बिदा भएकाले कार्याय खुलेको दिन अर्थात् कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्थ्यो। तर कार्की त्यसको वेवास्था गर्दै अख्तियारको सरकारी निवासमा बस्दै आएका छन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू