अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 17:27

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले मनायो तिहार

बिआरटीनेपाल २०७३ कार्तिक १९ गते २३:११ मा प्रकाशित

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्यु योर्क च्याप्टरले भव्यताका साथ तिहार मनाएको छ । संस्थाकी केन्द्रीय उपसभापति मुना राईको पहलमा न्युयोर्ककको क्विन्समा सम्पन्न गरिएको उक्त तिहार कार्यक्रमको संयोजन न्यु योर्क च्याप्टरका पूर्व सभापति नवीनकला राईले गर्नुभएको थियो । rai3

कार्यक्रमममा अन्तर्राष्ट्रिय सम्मानको लागि नेपालबाट आउनु भएका भएका अक्कल तामाङका साथै डा. सुख गुरुङ, जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबा, युक्राका निवर्तमान अध्यक्ष प्रभाकर राई, युक्राकी उपाध्यक्ष मुना राई, युक्रा न्यु योर्क च्याप्टरका पूर्व अध्यक्ष नवीनकला राई, युक्रा न्यु योर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राई, मुस्ताङ किदुगका कार्यवाहक सभापति तथा जनजाति महासङ्घ अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्ट, सङ्घीय समाज अमेरिकाका सचिव लोक चेमजोङ, डा खगेन्द्र केरुङ, युएनडिपीका पूर्व सभापति टेक गुरुङ, तमु समाजका निवर्तमान अध्यक्ष मेख गुरुङलगायत निवर्तमान जनजाति महासङ्घका महासचिव मान राना मगर, समाजसेवी हर्क गुरुङ, एनआरएन, अमेरिकाका सल्लाहाकार तथा हिमालयन कमिटीको महासचिव बाबुराम लामा, नेपाल अमेरिकी कलाकार सङ्घका अध्यक्ष सुमन बुढामुगरलगायत अतिथिलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा गायिका वसन्ती राई, गायक विपन राई, सुवर्ण शाक्य, राजेन्द्र राई, सुमन बुढामुगरले विभिन्न गीत गाएर मनोरञ्जन दिलाएका थिए । सुख राई र सपना राईको सञ्चालन रहेको उक्त कार्यक्रममा नानसाङ राईले अतिथि पाहुँनाहरुलाई टिका लगाइदिएर स्वागत गर्नु भएको थियो भने इन्दिरा राईले फुलमाला लगाइदिएर स्वागत तथा वरिष्ठ उपाध्यक्षले सम्पूर्ण अतिथिहरुलाई व्याच लगाएर सम्मान तथा स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा युक्रा न्यु योर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राईले धन्यवाद दिनुभएको थियो । rai1

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू