अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

मेलवर्नमा ‘कंगारूको देशबाट’ बिमोचन

बिआरटीनेपाल २०७३ कार्तिक १८ गते २१:३६ मा प्रकाशित

क्रिएटिभ सर्कल अष्ट्रेलियाको प्रकाशनमा रहेको नेपालीभाषी भुट्निज अष्ट्रेलियन २५ गजलकारहरूको संयुक्त गजल कृति ‘कंगारूको देशबाट’ को मेलबर्नमा बिमोचन भएको छ ।

१५ अक्टुबरमा एक भब्य सांस्कृतिक कार्यक्रमबीच नेपालबाट गएका मुख्य अतिथि साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङदेम्बे लगायत अन्य अतिथिहरूको हातबाट कृतिको लोकार्पण भएको आङ्देम्बेले फेसबुक अनलाइनमा जानकारी दिए ।

३ सय पृष्ठको सो कृति क्रिएटिभ सर्कल अष्ट्रेलियाको प्रकाशन तथा दुर्गा रिमालको सम्पादनमा प्रकाशित भएको हो । सम्पादक रिमालले अष्ट्रेलियाकै स्थानीय रेडियो मार्फत नेपाली रेडियो कार्यक्रम र अनलाईन मार्फत नेपाली टेलिभिजन कार्यक्रम ‘साझा आवाज’ सञ्चालन गर्दै आइरहेका छन् ।

क्रिएटिभ सर्कलको यात्रा, ’साझा आवाज’को सुरूवात साथै ‘कंगारूको देशबाट’ को प्रकाशनको यात्राबारे उनले जानकारी गराउँदै सहयोग पुर्याउने सवैमाथि आभार व्यक्त गरे ।

कृतिमाथि साहित्यकार प्रकाश आङ्देम्बेले परिचर्चाका क्रममा भने “विसौं बर्षसम्म आफ्नो पुर्खाको थलोमा शरणार्थी जीवन जस्तो दर्दनाक जीवन यापन गर्दा पनि नेपाली कला र साहित्यको लागि धेरै धेरै सृजनशिल कार्यहरु गरिरहे । आज तेस्रो देश पुनर्वास भएर पनि नेपालीभाषा साहित्यका लागि निरन्तर लागिपरिहनु भएको छ । वास्तवमा मनै देखिको नेपाली तँपाइहरु हुनुहुन्छ ।”

करिव ५ सय दर्शक उपस्थित रहेको कार्यक्रममा प्रतिनिध गजल वाचन, नृत्य, गायन प्रस्तुत भएका थिए । ‘कंगारुको देशवाट’ कृतिका सम्पूर्ण स्रष्टाहरुलाई प्रकाशनको तर्फवाट कृतज्ञता–पत्र वितरण गरिएको थियो । कार्यक्रमको सभापति भुटानी समाज अष्ट्रेलियाका सभापतित्व देव घिमिरेले र सञ्चालन रेडियोकर्मी तथा साहित्यकार प्रकाश धमला ‘क्षितिजको मित्र’ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू