अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

दीपावलीमय कोलाराडो 

बिआरटीनेपाल २०७३ कार्तिक १८ गते २१:०४ मा प्रकाशित
माइती घर, माईती घर, मेरो माइती घर…….. साकेला क्लवका सदस्य कलाकार सपना गुरूङको नृत्यमा डा.संन्ध्या राई र उद्योगपत्ति नवाङ सेर्पाको आईफोनले लाइभ/रेर्कड गरिरहयोे । शिरमा शिरवन्दी, मखमलको चोली, भाङ्ग्राको सारी, खुट्टामा पाउजु, नाकमा झुम्के फूली र पहेलो पटुकीमा झपक्क सजिएर माइतीलाई सम्झदैं माइती घर बोलको गीतका नृत्य गर्दा  माइती घरका नायीका माला सिन्हा भन्दा कम देखिएका थिइनन् । धरानैको बजारमा माया बस्यो एकै नजरमा….बोलको नृत्यमा मालती मगरले पनि सबैको अर्कषण खिचें ।
नै वर्षका सानी कलाकार मन्जीला राईले सबैलाई मन्त्रमुद्य पारिनै रहिन । डाफे झैं नाच्ने….म त नेपालकी छोरी …..बोलका गीतमा नृत्य गर्दा उनलाई निरन्तर वान्स् मोर आइनैं रहे । यसरी वान्स् मोरका डिमान्डसँगै किरात राई सोसोइटी अफ अमेरीकाको २०७३सालको दीपावली सांगीतिक/साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भाषा, धर्म, संस्कार/संस्कृति र चाँड-पर्वको संरक्षण गरौं, यी हाम्रा अमूल्य नीधिलाई युवापुस्तामा हस्तान्तरण गरौं भन्ने उद्देयकासाथ किरात राई सोसाईटी अफ अमेरीका र साकेला क्लवको संयुक्त आयोजनमा दिपावली सांगीतिक\साँस्कृतिक कार्यक्रम सम्पन्न  भएको  हो ।    ‘विभिन्न २० स्थानमा दिपावली सांगीतिक÷सास्कृतिक कार्यक्रम गर्दा करिव ४५ सयडलर जम्मा भएको छ ।’संस्थाका अध्क्षय भीम राई ‘क्षीतिज’ले बताए ‘अभिभावक तथा मनकारी मनहरूले प्रदान गर्नुभएका सो रकमबाट साँस्कृतिक भेष/भूषा र वाद्य वादन खरिद गर्नेछौं, साथै कलाकार भाई वहिनीहरूलाई साँस्कृतिक÷सांगीतिक  प्रक्षिणका कक्षाहरू संचालन गर्ने छौं ।’
unnamed-1
तीन दिनसम्म भएकोे दीपावली कार्यक्रम कालोराडोको डेन्भर, ग्रीन भ्याली, अरोरालगायतका स्थानमा आयोजना गरिएको थियो ।  सो साँस्कृतिक कार्यक्रमका लागि साकेला क्लवले एक महिनाबाट तयारी गरेको क्लवका संयोजक मालती मगरले बताए । साकेला क्लव किरात राई सोसाइटी अफ अमेरीकाको साँस्कृतिक विभाग हो । २२ जना साकेला क्लवका कलाकारको सहभागिताका सम्पन्न उक्त कार्यक्रमको कोरीयोग्राफी धन राईले गरेको सचिव वाखाहाङ राईले बताए ।
किरात राई सोसाईटी अफ अमेरीका २००४ सालमा अमेरीकामा स्थापना भएको नाफा रहित संस्था हो । यसको विभिन्न राज्यमा शाखाहरू रहेका छन् । भर्खरै मात्र यो संस्थाले मानवीय कार्यको लागि माङखिम तथा समाधिस्थल निर्मार्णाथ हाङ जितेदास्ती साभm ५०७६ आयोजना गरेको थियो ।
कार्यक्रममा किरात राई सोसाईटी अफ अमेरीकाको केन्द्रीय अध्यक्ष चन्द्रकुमार राई, दिवस कोयूकोसमेत उपस्थित रहेका थिए ।unnamed-2
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू