अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

नेपाली फर हिलारीले आफ्नो उपस्थिति मजवुद वनाउँदै

बिआरटीनेपाल २०७३ कार्तिक १८ गते १२:३४ मा प्रकाशित

अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फबाट उमेदवार बन्नु भएकी हिलारी क्लिन्टनलाई विजय गराउन एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्स ( एएपीआई)ले शनिवार पेन्सलभेनियामा एक रयाली तथा सलेव्रेशन अफ डाईभर्सिटी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्याक्रममा नेपाली फर हिलारीले आफ्नो महत्त्वपूर्ण उपस्थित जनाउन सफल भएको छ । नेपाली फर हिलारी अभियानले भर्जिनिया,डिसी,मेरिल्याण्ड र पेन्सलभेनियामा रहेका आफना करिब दुई सय स्वयंसेवीहरुलाई उक्त अभियानमा सामेल गराउन सफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे पेन्सलभेनियावाट सिनेटरको लागि उमेदवारी दिनुभएकी क्येटी मिजेन्टीले अमेरिका विविधताको एकता भएकाले सँगै मजबुत बन्ने नारा तय भएको बताउनुभयो । उहाँले अमेरिकाको मजबुत र सवलतामा विभिन्न समूहहरुको योगदान रहेको स्मरण गर्दे यसको लागि हिलारीलाई विजयी गराउन हामीहरू लागिपरेको बताउनुभयो ।

कार्यक्रम स्थलमा नेपाली पहिचान झल्कने गरी पञ्चेवाजाको धुनमा क्येटीको सम्मान गरिएको थियो । कार्यक्रममा एएपिआईकी डिएनसि ककसकी अध्यक्ष बेल लियोङ्ग होङ्गले नेपाली बाजाको बारेमा विशेष चासो राख्नु भएको थियो भने नेपाली फर हिलारी अभियानले गरेको कार्य उत्साहप्रद भएको टिप्पणी गर्नु भएको थियो । उहाँसँग नेपाली फर हिलारीका सांस्कृतिक टोलीका संयोजक तथा नेपाली पञ्चे बाजालाई अमेरिकामा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्नु भएका दलवहादुर रोकाले भेट गर्नु भएको थियो ।

यसैबिच उक्त रयालीमा सहभागी भएर फर्किनुभएका व्यक्तित्वहरुले रयाली उपलब्धि मूलक भएको प्रतिक्रिया दिनुभएको छ । यात्राको क्रममा सहभागिताको समीक्षा गर्दे डेमोक्रयाट पार्टीका लाउडेन काउन्टी भर्जिनियाका हरि शर्माले अन्य सरोकारवाला पक्षहरुसँगको समन्वयमा कार्यक्रममा सहभागिता जनाएको बताउनुभयो । यसै गरी डेमोक्रयाट पार्टीका हयारी भण्डारीले कार्यक्रममा सहभागिता लगायत नेपाली फर हिलारीको अभियानका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रम सम्पन्न पश्चात् कार्यक्रममा सहभागी हुनुभएकाहरु गोपाल विश्वकर्मा,शिवराज पौडेल,रामचन्द्र अधिकारी,पारस श्रेष्ठ,डा.प्रदीप भट्टराई,रोशन पौडेल,दुर्गा श्रेष्ठ,नेत्र केसी,उत्तम गौली,प्रकाश श्रेष्ठ,कूल गुरुङ्ग,महेश भट्टराई लगायतले कार्यक्रममा सहभागिताको विषयमा आफ्नो भनाई राखेका थिए । यसै गरी कार्यक्रममाअनिल खान,प्रकृति देउजा,डा.वर्षा मोक्तान,विनोद मोक्तान,विमल मोक्तान लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू