अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

हिलारीको समर्थनमा जेनिफर लोपेजको फ्लोरिडामा बेजोड प्रस्तुति

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:५८ मा प्रकाशित

गत अक्टोबर २९ तारिख हिलारीको पक्षमा समर्थन जुटाउन अमेरिकन प्रख्यात गायिका जेनिफर लोपेजले फ्लोरिडाको मियामिमा निःशुल्क प्रस्तुति गरिन l कलाकार, नृत्यांगना, लेखक तथा निर्मात्री लोपेजले फ्लोरिडा अत्यधिक प्रतिस्प्रद्धात्मक राज्य भएकोले मतदातालाई तान्न उनको निःशुल्क प्रस्तुति हेर्न ताती लागेको थियो l झरी र बतासलाई वास्ता नगर्दै दर्शक उनका गीत सुन्न लामो समय देखि पर्खेका थिए l उनको गीत सँगै झुमेका थिए l करिब ८ हजार फ्लोरिडा बासीले जेनिफरको कार्यक्रम हेरेका थिए  l

जीवन कालको लागि यो चुनाव महत्त्वपूर्ण छ भन्दै फ्लोरिडा आफ्नो प्रिय सहर भएको बताएन l लाखौ स्पनिशहरुले निर्णायक निर्वाचन बनाउने बताईन l क्लिप्च एमफि थेटरको बेफ्रन्ट पार्कमा भएको सो साङ्गीतिक कार्यक्रममा हिलारीले पनि उपस्थिति जनाएकी छिन् l पहिलो आउने लाई पहिलो प्राथमिकताको आधारमा निःशुल्क प्रवेश पत्र शुक्रवार साँझ ८ बजे सम्म वितरण गरिएको थियो l

lopej2४७ वर्षीय लोपेजले गत वर्ष नै हिलारीलाई समर्थन गरेकी थिइन् भने लोपेजका अत्यधिक चर्चित गीत लेट्स गेट लाउड एंड अन द फ्लोर जस्ता गीत गाइन l यसै गरी अर्का कलाकार रयापर जे जीले निर्वाचनको अघिल्लो दिन क्लेभल्याण्डमा प्रस्तुति गर्ने तय भएको छ भने अर्का प्रख्यात अमेरिकन गायक बोन जोभीले पनि पित्ट्स वर्ग तथाlopej4 फ्लोरिडाको ट्याम्पा मा नोबेम्बर ५ तारिख प्रस्तुति दिने भएका छन् l यसै गरी गायिका पेरीले नोवेम्बर ५ तारिखको दिन फिलाडेल्फियामा क्लिन्टनको समर्थनमा गीत गाउने भएकी छिन् l

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू