अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

मनायो बलिहाङ तङनाम चुम्लुङ अमेरिकाले

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:२६ मा प्रकाशित

किरात याक्थुङ चुम्लुङ, अमेरिकाले लिम्बुहरूको महान् चाड” बलिहाङ तङनाम २०१६” लाई यही अक्टोबर २९, तारीक २०१६ का दिन एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । न्यू-योर्कको स्थानीय ज्याक्सन हाईटमा अवस्थित शेर्पा किदुगको हलमा गरिएको उक्त कार्यक्रमको प्रमुख अथित न्यू-योर्कमा रहेको माहावाणिज्य दूतावासका वाणिज्य दुत कृष्ण कुमार सुवेदीले अहिले मनाउँदै आएको दैउसी, भैलो र तिहारको मुहान नै ” बलिहाङ तङनाम” भएको कुरा प्रस्ट राखेका थिए । यस्ता कार्यक्रमहरूले एउटा जातिको संस्कृति मात्र नभई,समग्र नेपाल र नेपालीको पहिचान जोगाउनमा ठुलो मद्दत पुग्ने कुरा बताउँदै प्रमुख अथिती सुवेदीले प्रवासमा सबै नेपालीहरूले आपसी सदभाव र एकता कायम राख्नु पर्नेमा जोडदिएका थिए । विशेष अथितीको रूपमा बोल्दै आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लुईसांग वाईवाले सम्पूर्ण आदिवासी जनजातिहरूको भाषा संस्कृति नै नेपालको पहिचान भएको कुरा बताएका थिए । img_1646

लिम्बु पोशाकमा सजिएर आएका लिम्बु दाज्युभाई तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमामा नेपाली जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ , किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय उपाध्यक्ष लिला सिंघक, मगर सङ्घ अमेरिकाका महासचिव मान रानामगर, सङ्घीय समाज अमेरिकाका सचिव लोक चेम्जोङ, कलाकार सङ्घ अमेरिकाका अध्यक्ष सुमन बुढामगर, युक्राका अध्यक्ष केशव राम राई, नेजाका पूर्व अध्यक्ष एवं एभरेष्ट टायम पत्रिकाका प्रधान संम्पादक आङ छिरिङ शेर्पा, लिम्बुवान समाज अमेराकाका अध्यक्ष बिरेन्द्र लिम्बु , फोटो पत्रकार आङ कामी शेर्पा आदिवासी जनजाति महासङ्घ अमेरिकाका पूर्व उपाध्यक्ष विनोद पोमो, महासचिव दिपेश लिम्बु, पाँचथरका नेता सुरेन्द्र कुमार दाहाल लगायतको उपस्थिति रहेको थियो । img_1653

संस्थाका अध्यक्ष देवेन्द्र सोम्बाहाम्फेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितिहरूलाई स्वागत मन्तव्य गणित लिम्बुले राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सुभद्रा लावतीले गरेको थिए । ममता लाबुङ, मन्जु राई केरुङ र सरीता दाहालले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरन्जन दिएको उक्त कार्यक्रममा चर्चित गायक सुमन बुढामगरले लोग गीत र देउसी गीत गाएर सबैको मन जितेका थिए । अलिक फरक ढाँचा बाट सञ्चालन गरिएको सो कार्यक्रमलाई सफल बनाउँनका निमित्त बुद्ध चेम्जोङ, विजेता थेवे, झमकाजि लावती, आनन्द लिम्बु, संन्जय सुब्बा, पुस्पलता थाम्सुहाङ, डा. खगेन्द्र केरुङ र दिलमाया लिम्बु अहोरात्र खटिएका थिए ।

img_1662

img_1661

प्रतिक्रिया