अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

नेवा: अर्गनाइजेशनद्वारा लस एन्जलसमा म्हः पूजा तथा नेपाल सम्बतको आयोजना

बिआरटीनेपाल २०७३ कार्तिक १६ गते १२:११ मा प्रकाशित

नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले आज म्हः (आत्म) पूजाको आयोजना गरेको छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । la-4

प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु-सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका महासचिव बिमल श्रेष्ठले बताउनु भयो । अमेरिकामा दसैँ,तिहार, दीपावली, बुद्ध जयन्ती जस्ता कार्यक्रमहरू सम्पूर्ण नेपालीहरूले सामूहिक रूपमा गरेको देख्न पाउँदा खुसीको अनुभूति आएको प्रतिक्रिया सभागीहरुले दिइरहेका थिए ।

स्थापना देखि लस एन्जल्समा धर्म संस्कृति जोगाउने यस कार्यक्रम गर्दै आइरहेको संस्थाले यस बाहेक रक्तदान, यमरी पूजा लगायतका कार्यक्रम समेत गर्दै आएको छ । कार्यक्रममा नेवारी खानाको समेत व्यवस्था गर्दा अमेरिकामा बसेर पनि नेपालको नेवारी भोजमा बसेको अनुभूति गर्न पाउँदा आफुहरुलाई सारै खुसी लागेको सहभागीहरुले बताइरहेका थिए ।

la-3

la-1

प्रतिक्रिया