अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

अमेरिकामा यस्तो रह्यो हलोविन पर्व

बिआरटीनेपाल २०७३ कार्तिक १६ गते ०:०३ मा प्रकाशित

नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात् छल या व्यवहार गर भनी मस्त सँग हलोविन पर्व मनाएका छन् l आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउँमा गै २०१६ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएर घर फर्केका छन् l यसरि विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् l

h10

अमेरिकाको विभिन्न राज्यहरूमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेल्न भ्याएको समाचार छ l हेलोविन खेल्न आउनेलाई पैसा दिनु नपर्ने र केवल मिठाई मात्र दिएका छन् l उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि आएका थिए l

घरमालिकले अन्य खाने कुराहरू दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविन को समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले काला, सेता बस्त्र, भूत पर्यटक, होलिका, भोजमा लगाईने विशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गरेका छन् l ha9

हलोविन के हो ? र किन मनाइन्छ ?

हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ ।

गर्मीलाई बिदाइ गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजि ल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरू देशमा पनि मनाइन्छ । hallll

यो चाड मनाउने देशको सङ्ख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्रि भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ  l Photo Source: White House Facebook and Facebook

hal

h

halo

halll

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू