बिआरटि नेपाल 2011-10-14 00:34:33
बासु ढकाल, वर्कली क्यालिफोर्नियासो समारोहमा कवि प्रेरणाले एक दर्जन भन्दा वढी कविताहरु वाचन गर्नुका साथै आफ्नो काव्ययात्रा तथा लेखनको विषयमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको शुरुमा कवि प्रेरणाको विषयमा कवि हरिहर दाहालले मन्तव्य राख्नु भएको थियो भने गणेश तिम्सिनाले स्वागत मन्तव्य प्रस्तुत गर्ननु भएको थियो ।
कवि प्रेरणाको एकल कविता वाचन अघि स्थानिय तथा अन्य कवि कवयित्रीहरु हरिहर दाहाल विष्णु गुरुँग गणेश तिम्सिना, मणि नेपाली पनेरु राजेन्द्र खनाल विमला शर्माले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा कवि प्रेरणालाई आयोजकका तर्फवाट कार्यक्रमका सभापति न्यान्सका अध्यक्ष घनप्रसाद दवाडीले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
यस अघि गत अगस्तमा एटलाण्टामा कवि प्रेरणाको एकल कविता वाचन सम्पन्न भएको थियो ।
© brtnepal 2013,Denver, Colorado USA www.brtnepal.com

