बिआरटि नेपाल
2012-03-22 00:00:00
गोकुल ढकाल लस एन्जलस ।२२ मार्च, २०१२

सन् १९७४ अक्टोबर २५ का दिन नेपालको पश्चिमी जिल्ला म्याग्दीमा जन्मनुभएका र चितवनमा हुर्की,पोखरा बासाँइ सराइ गर्दै अक्टोवर २०,२००६ मा अमेरिका प्रवेश गर्नु भएका बिर बहादुर पुन हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसको एक केयर सेन्टरमा आश्रित क्यान्सर पिडित बिर बहादुर पुनको दुखद निधन भएको छ । लामो समयदेखी पेटको क्यान्सरबाट पीडित स्व पुनको दुखद निधनले क्यालिफोर्निया क्षेत्रका संघ संस्था र नेपाली समुदायले गहिरो दु:ख ब्यक्त गरेको छ । १६ लाख नेपाली रुपैयाँ एक नेपाली दलाल विमल कार्कीलाइ तिरेर अमेरिका आउनुभएका स्व पुनका ५ वर्षीय छोरा जेनिथ पुन र श्रीमती केश माया पुन भर्खर मात्रै नेपालबाट आएका हुनाले उनीहरुको लागि सहयोग गरिदिन बिभिन्न संघ सस्था तथा नेपाली समुदायलाई अनुरोध गरिएको छ । बिरामी भएदेखि २ महिना गंगा पुनको निवासमा र त्यस पछि समाजसेवी शुशिला गौचन र पंकज गौचनको निस्वार्थ सहयोग र साथ पाउदै आउनुभएका पुनले पहिला देखि सहयोग गर्दै आउनु भएका सम्पूर्ण संघ सस्था तथा नेपाली इस्ट मित्रहरुले आफ्नो परिवारको लागि अभिभाबकको भूमिका खेली सहयोग गरिदिनको लागि याचना गर्नु भएको थियो ।
5916 West Pico BLVD, Los-Angeles,90035 मा राखिएको उहांको पार्थिब शरीरलाई हिजो 204 North Evergreen AVE, Los Angeles, CA 90033 मा दाह संस्कार गरिएको छ । पांच बर्शिय छोराले भाब-बिह्वल हुंदै आफ्नी आमाको साथमा परलोक जानुभएका पिताको अनुहार बिदाइ गरेका क्षणले उपस्थित सम्पुर्ण नेपाली समुदायका आँखा रसाएका थिए ।
आफ्ना आमा-बुवा कोही नभएका स्व पुनका पांच बर्शिय छोरा र अबोध श्रीमतीको बसोबास र रोजिरोटीको साहारा अब केहि-कोही छैन । सात समुन्द्र पारीको यो दु:खको भुमीमा स्व पुनको परिवारलाई सहयोग गरिदिनुहुन संसारभरका नेपालि समक्ष यहांका नेपाली समुदायले अनुरोध् गरेका छन । भक्तिको लागि पैसा चढाउनु भन्दा, उन्मुक्तीको लागि बली काट्नुभन्दा, अघाएको पेटमा रहरले पेय पदार्थ प्रयोग गर्नुभन्दा र बिलासिताका लागि कसैले अनाबश्यक खर्च गर्नु भन्दा एउटा बेसाहरा परिवारको लागि आफुसक्दो सहयोग गर्नु भन्दा ठुलो कुरो यो दुनियांमा के होला ? पिडामा पारेको बेसाहारा जिन्दगीहरूलाई आश्रय र एक मुठी खानकी दिनको लागि यहां भागवत्-गीता पढ्नु पर्दैन न त ठुलो यज्ञ नाई गर्नु पर्छ ! समबेदनाको यो दुखिलो घाउंमा सहयोगको मल्हमको मन्त्र संसारभरका रामायण, कुरान र बाइबलमा पढाइने गाथा भन्दा महान हुने छ । एउटा पार्टीको कार्यालय बनाउन चन्दा दिन यहां हानथाप हुन्छ । रहरले सगरमाथा शयर गर्न जानेलाई २ करोड दान मिल्चह भने मानवताका लागि 'बेसाहाराको आशिर्बाद्' पाउन सहयोगका दुई बचन दिन लस एन्जलस क्षेत्रवरपरका सक्रिय समुदायहरूले साहाराको लागि अनुरोध गरेका छन् ।
बखन थापा मगर - मगर संघ अमेरिका क्यालिफोर्निया प्रतिनिधि
फोन न. ७१४-६१८-१६८५ मोबाइल, ७१४-२८४-०५७६ घर,
उमा ( कार्की ) थापा - नेपाल अमेरिका एकता समाज, पश्चिम अमेरिका नेपाली महासंघ - अध्यक्ष
फोन न. ५६२-६५९-२८५४,
डा.शम्भु ढुंगाना - फ्रेन्ड्स अफ नेपाल - अध्यक्ष
फोन न. ३१०-६१९-३०२९,
भक्त थापा - श्री पशुपतिनाथ फाउन्डेसहन यु.एस.ए. -अध्यक्ष
फोन न. - ५६२-३०४-८९७०,
पुन्नाखर 'ऋशी' ढकाल
कोशाध्यक्ष, श्रीपशुपतिनाथ फाउन्डेशन
फोन : ६२६ ३२० २४३७,
तारा गुरुङ - एल.ए. गुरुङ सोसाईटी - अध्यक्ष
फोन न. - ८१८-५२२-८७१४,
मुकुन्द ढुंगाना
महासचिब : नेपाल अमेरिका एकता समाज
फोन : ५६२ २४२ ६६७६,
गोकुल पौडेल
अध्यक्ष : अनेसास, लस एन्जलस
फोन : ८१८ ६२६ १९००,
रविन प्रधान - अमेरिका नेपाल सोसाईटी - अध्यक्ष
फोन न. - ३१०-३५९-३५१९,
टिका चौधरी - नेपाली जन-सम्पर्क समिति अमेरिका, एल.ए. च्याप्टर - अध्यक्ष
फोन न. - ५६२-६१८-७२२६,
तिलक कार्की - नेपाल विश्व सहयोग संघ - कोषाध्यक्ष - अमेरिका च्याप्टर
फोन न. - ४०४-५१९-५७६२,
गोकुल ढकाल
फोन : ६२६ ९२७ ७४१४,
र
Magar Association USA,INC
PO Box no. 3620324
New York, NY 10129 USA
Phone No. - 1-703-853-8616, 1-609-484-1707
Fax No. - 1530-323-4905
Email - magars2004@gmail.com
info@magarusa.org
www.magarusa.org
--------------------------------------------------------------------------------------------------------------------------------------------
--------------------------------------------------------------------------------------------------------------------------------------------
Leave a Reply