शान्ति नेपाली समाज बेलायतको दशैं-तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न (भिडियो)

बिआरटि नेपाल सम्बाददाता

शान्ति नेपाली समाज, बेलायतले विजया दशमी तथा शुभ दीपावली २०७४ को अवसर पारेर विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ| संस्थाका वर्तमान अध्यक्ष एवम् कायक्रमका सभापति श्री कृष्ण ढकाल र सस्थाका सल्लाहकार एवम् कार्यक्रमका प्रमुख अतिथि श्री छबिलाल थापा ज्यू द्वरा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट को मौन धारण गरी स्वागत गीत र राष्ट्रिय गान पछि कार्यक्रम को सुरुवात गरिएको थियो |

सस्थाका सचिव श्री प्रकाश तिवारी र सक्रिय सदस्य श्रीमती राधा खरेलले कार्यक्रम सञ्चालन गरेका थिए भने सस्थाका उपाध्यक्ष श्री भोजराज भण्डारी ले शुभकामना मन्तव्य दिएका थिए | ३५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा लोकप्रिय राष्ट्रिय कलाकार चन्द्रा कार्की र बद्रि के.सी का साथै विभिन्न सङ्घ सस्थाका प्रतिनिधि र नेपालबाट आउनुभएका बुवा आमा हरुको उपस्थिति रहेको थियो |

कार्यक्रममा लोकप्रिय कलाकार चन्द्रा कार्की र बद्रि के.सी ले दर्शकहरु लाई भरपुर मोनोरंजन गराएका थिए भने मनकामना महिलासमुह द्वरा अभिनय गरिएको नाटक “ पछुतो “ हेर्दा सबैका आँखा रसाएका थिए यो नाटक सम्पूर्ण विदेशमा रहनुहुने नेपालीहरूको वास्तविक पिडा सँग सम्बन्धित थियो , सबैको लागि चेतनामूलक थियो उपस्थित सबैले आउने दिनहरूमा यस नाटकबाट आफूहरूले राम्रो पाठ सिकेको र भविष्यको लागि आँखा खोलिदिएको मा मनकामना महिलासमुह लाई सबैले धन्याबाद दिएका थिए साथै स्थानीय कलाकारहरू अशोक भट्टराई ,सनुजा सापकोटा ,श्रीजना रेग्मी ,योजना पाण्डे , सनुजा सापकोटा,समीक्षा भण्डारी ,प्रवीण खरेल ,कुशल खरेल ,कलश खरेल लगायतका कलाकारहरूले विभिन्न नेपाली परम्परा झल्काउने खालका पोशाकमा दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए साथै नौमती बाजामा पनि सबै झुमेर नाचेका थिए नौमती बाजाको प्रस्तुति देख्दा नेपालकै झल्को मेटाउने प्रस्तुति रहेको थियो |

कार्यक्रममा विभिन्न नेपाली सङ्घ सस्थाका प्रतिनिधि ,बुध्दिजीबी ,लगायत नेपाल देखि आउनुभएका बुवा आमा हरुलाई अतिथि को अशान ग्रहण गराईएको थियो | आ- आफ्नो मन्तव्य को क्रममा विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूले सम्पूर्ण उपस्थित बुवा आमा ,दिदीबहिनी तथा दाजुभाइहरुलाई दसैँ तिहारको शुभकामना दिएका थिए साथै समाजले धेरै लोकप्रिय काम गर्न सफल भएको र भविष्यमा पनि यस्तै राम्रा कामहरू गर्दै जाओस् भन्ने कामना गरेका थिए | उक्त कार्यक्रममा जीवन भण्डारीको संयोजकत्वमा मा नेपाली स्वादिस्ट खानाका परिकारहरु बनेका थिए |

कार्यक्रममा राफल (चिट्टा) पनि खेलिएको थियो राफल कार्यक्रम सम्पूर्ण उपस्थितहरुले एकैसाथ भाग लिन सक्ने भएको हुनाले आतिनै आकर्षक वातावरणको सिर्जना भएको थियो र कन्याको हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो |

Published on October 12, 2017 at 4:24 am

Loading...

यसमा तपाइको मत