सिद्धि हजुर बा ! (संस्मरणात्मक निबन्ध) –  पेशल आचार्य

पेशल आचार्य

 

जीवनमा जान्नु भन्दा नजान्दा धेर आनन्द आउँदो रहेछ । बाललीला र बालहठलाई नियाल्दा यो गीता ज्ञान भयो मलाई । धूलोमैलो भएर फोहर पानीमा खेलेका दुई ससाना केटाकेटीहरूलाई मैले सोधेथेँ –‘बाबु फोहोर पानीमा खेल्दा बिरामी भइन्छ । ज्वरो, रूघाखोकी र निमोनिया हुन्छ । अबदेखि फोहरमा नखेल्नु है !’ ती ससाना बाबुहरूले मेरो कुरा त्यसरी नै सुने मानौं संयुक्त सरकारमा गएका बेला प्रधानमन्त्रीले संसदमा गरेको भाषणमा प्रतिपक्षी दलका नेताहरूले कुनै वास्ता नगरी सुन्दै एक कानले सुनेर अर्को कानले उडाइदिन्छन् । ती केटाकेटीहरूले मेरा कुरा सुने सुनेनन् भन्ने समेत हेक्का नराखी मलाई क्याम्पसको कक्षा लिन ढिलो भैरहेकाले म पनि थप कुराका संकथन उनीहरू माझमा नराखी हिँडे ।

कक्षामा ती केटाकेटीहरूको बाललीलामय स्मृतिले मलाई डिस्टर्ब गरिरह्यो । जसले मलाई केहीबेर मेरो जीवनको पूर्वाद्र्धतिर ले’रायो ।

नहिँडेको बाटो हिँड्दा, नपढेको पुस्तक पढ्दा, नभेटेको मानिस भेट्दा, नदेखेको ठाउँ घुम्दा जति हर्षातिरेक र आनन्दानुभूतिको संचरण मनका शिखरहरूमा हुन्छ, हो त्यस्तै हो संसार नजान्नु पनि । बालकहरू अभिभावक र आफूभन्दा प्रौढले भनेका कुरा मान्दैनन् तर पनि जीवनमा असीम आनन्दका तेन्जिङ् भैरहेका हुन्छन् । पूर्खाले त्यसै कहाँ भनेका हुन् ‘पहिले बुझ्न कठिन, बुझ्यो अझ कठिन् झन्झन् बुझ्यो झन् कठिन ।’

जीवनका कतिपय थ्योरम र सूत्र नबुझ्दैमा परमानन्दको महसुस हुने रहेछ ।
भन्न त कानुनले ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ भन्छ । अर्कातिर नाबालकले गरेका कसुरमा कसुरको मात्रा हेरी सजाय पनि कम गर्छ । यहाँनेर विरोधाभाष नै सही पक्कै पनि नजान्नेलाई प्राथमिकता दिएको हुनु पर्छ ।

एकजना विद्वान् थिए । उनी सधैँजसो भन्ने गर्थे –‘जीवन भन्ने कुरा बुझ्दा आधा जीवन बितिसकेको हुन्छ ।’ हो रहेछ जस्तो लाग्छ, अहिले आफ्नो भोगाइ र जीवनलाई तुलना गरेर हेर्दा । मैले जति जानेको छु त्यो मभन्दा आधा कम पढेका मेरा पिताजीको भन्दा जानेकै रहेनछु । अतः लाग्न थालेको छ –‘जान्नु नजान्नु रै’छ नजान्नु चाहिँ जान्नु रै’छ ।’ रहस्यका गर्तमा अनेकानेक विषयका गुम्फनहरू आताज्ञात अटेसमटेस भएर रहेका हुने रहेछन् ।

.

यी हरफहरू ल्यापटपमा लेखिरहँदा मलाई स्व. सिद्धिनाथ पोखरेलको सम्झना आइरहेको छ । जो गएको २०७३ साल मंसिरमा आफ्नो नश्वर चोला धर्तीमा बिसाएर कहिल्यै नआउने पथका पथिक भए । मैले उनीसँग धेरै संगत गर्न पाइन् तर जति संगत गरेँ त्यो विश्वविद्यालयमा कुनै विषयमा स्नातकोत्तर गरे भन्दा कम चाहिँ थिएन । कविता, कथा, मीमांशा र उदात्त समालोचनाका नौरङ्गी च्याप्टरहरू नजानी नजानीकन उनैले मलाई सिकाएका रहेछन् । उनी बाँचुन्जेल मैले उनका बारेमा यसरी घोत्लिने अवसर पनि पाइन रहेछु । समय हातबाट चिप्लेको माछो पो रहेछ फुत्केपछि मात्र हेक्का हुने । कठै ! यस्ता जीवनोपयोगी शिक्षा कतिपय सन्दर्भमा उनले दिएछन् न उनलाई पत्तो न आफूलाई थाहा ।

खासमा उनी हाम्रा छिमेकी थिए । हजुरबा त हामीले सजिलो साइनोका लागि भनेका हौं । हामी सुनसरी इनरुवा नगरपालिकाका ९ नम्बर वडाका स्थानीय वासिन्दा थियौं । उनले जीवनमा कुनै विद्यालय र विश्वविद्यालयको मुख देखेका होइनन् । उनी अलउल्ले धनी र कुलीन सामन्ती परिवारका मानिस पनि होइनन् । न त हुन् उनी कुनै पार्टीका सचिव एवम् अध्यक्ष । तर पनि उनमा निहीत ज्ञान गंगालाई मैले करिब ६ वर्षसम्म निःशुल्क पिउने सौभाग्य पाएँ । त्यति मै म कृतकृत्य छु ।

उनी दिवंगत हुने समयमा म मन्थली थिएँ । मैले थाहा पाएको भए सायद् एक छाक छोडेर आफ्ना ती अनौपचारिक शिक्षाका गुरुका सम्झनामा समवेदना दिन्थे होला । त्यो सौभाग्य पनि मलाई प्राप्त भएन ।

पछि थाहा पाउँदा समय तीन महिना घर्की सकेको थियो । थक्ककी लाग्यो । के गर्नु जुन दिन वहाँ बितेको खबर पाएँ त्यो दिन छाक छोड्नुको कुनै माने मतलब हुँदैनथ्यो । अनि मनमनै कबोल गरे । निबन्धकै माध्यमबाट कुनै दिन समवेदना दिनु पर्ला । हात बसेपछि निबन्धलाई कुनै भाइटल विषयवस्तु नचाहिने भन्ने मनले नि¥क्यौल ग¥यो –त्यही दिन ।

२०४२ साल असारको कुरा हो यो । गते बार बिर्सिएँ । सम्झनुको कुनै तात्विक अन्तर पनि रहेन । पञ्चायती राज विरुद्धका रामराजाप्रसाद सिँहको एउटा असन्तुष्ट समूहले सिँहदरबारको ग्यालरी बैठक र काठमाडौँको अन्नपूर्ण होटल लगायत केही स्थानमा बम विष्फोट गराएको जिम्मेवारी लियो । काँग्रेसको सत्याग्रह आन्दोलन चलिरहेको थियो । म भने त्यो बेला महेन्द्र मोरङ कलेजमा आईए दोस्रो वर्षको विद्यार्थी थिएँ । क्षेत्रीय पुस्तकालयको पठन संस्कृतिलाई उपयोग गर्दै हप्ताका सातवटा किताब घर लैजान पाउने सुविधालाई भरपूर सदुपयोग गर्दै संसार बुझ्न चाहन्थे । पहिलो वर्षमा सबै विषयहरू क्लियर गरेकाले आम विद्यार्थीहरूका माझमा हिरो झैँ चम्किएको थिएँ । पढ्नुको विकल्प त्यसबेला ममा थिएनँ । आई.ए. पास भएर बीए पढ्ने धोको मनमा चिउचिउ गर्दै थियो । २०४२ साल असारको कुरा हो यो । गते बार बिर्सिएँ । सम्झनुको कुनै तात्विक अन्तर पनि रहेन । पञ्चायती राज विरुद्धका रामराजाप्रसाद सिँहको एउटा असन्तुष्ट समूहले सिँहदरबारको ग्यालरी बैठक र काठमाडौँको अन्नपूर्ण होटल लगायत केही स्थानमा बम विष्फोट गराएको जिम्मेवारी लियो ।

काँग्रेसको सत्याग्रह आन्दोलन चलिरहेको थियो । म भने त्यो बेला महेन्द्र मोरङ कलेजमा आईए दोस्रो वर्षको विद्यार्थी थिएँ । क्षेत्रीय पुस्तकालयको पठन संस्कृतिलाई उपयोग गर्दै हप्ताका सातवटा किताब घर लैजान पाउने सुविधालाई भरपूर सदुपयोग गर्दै संसार बुझ्न चाहन्थे । पहिलो वर्षमा सबै विषयहरू क्लियर गरेकाले आम विद्यार्थीहरूका माझमा हिरो झैँ चम्किएको थिएँ । पढ्नुको विकल्प त्यसबेला ममा थिएनँ । आई.ए. पास भएर बीए पढ्ने धोको मनमा चिउचिउ गर्दै थियो ।

सत्याग्रह कबोल्ने काँग्रेस र विद्रोही नेता रामराजाप्रसाद सिँहसँग मेरो लिनुदिनु थिएन । घटनालाई अपडेट हुने हिसाबले मात्र पढेँ । बुझेँ । हरेक शुक्रबार घर जाने रहर हुन्थ्यो । ‘आमाले पकाएको भात र गाईको दूध’ औधी मन प¥थ्यो । ती दुवै कुरा घरैमा सित्तै मिल्थे अनि घरको घिड्घिडो हरेक शुक्रबारशुक्रबार आइरहन्थ्यो । विद्यार्थी जीवन र डेराको जिन्दगी कति रात त चना चिउरामा टारिन्थ्यो । अल्छी पनि लाग्थ्यो पकाउन तुल्याउनलाई । गरगर भन्ने कोही थिएनन् । तीनजना साथी मिलेर बिराटनगरको तीन टोलियामा डेराको जीवन बिताइएको थियो ।

एउटा साथी थियो, जसको नाम थियो –गीतनारायण भट्टराई । ऊ साइन्स पढ्थ्यो । हामी आर्टस् । उसको आइएस्सी प्रथम वर्षमा ब्याक लागेको थियो मेरो भने सरासर कटेको थियो । त्यसैले त्यो साथी मलाई औधी मान्थ्यो । अनि अर्का थिए साइन्स कै राजु भण्डारी नामका विलक्षण मित्र । जो पछि आईएस्सीमा ब्याक लागेर डाक्टर बन्ने सपना तुहिएपछि येनकेन प्रकारेण आईए गरेर सुनसरी तिरकै कुनै गाउँमा प्राथमिक शिक्षक भए ।

गीतनारायणजी अलि सनकी र एकहोरो पाराका थिए । उनी अन्तर्मुखी स्वभावका भएकाले उनीसँग हम्मेसी जोकोहीको राग नमिल्ने । मेरो र उनको कुरा मिल्थ्यो । त्यसैले हामी दुई धेरै महिना रुममेट साथी पनि भयौं । २०४३ सालमा मैले आई.ए. पास गरेँ । केही समय म वकालतमा अल्मलिएँ । वकिलको संगतले मलाई मिहिनेती बानीको विकास गर्न तालिम दियो । अलिअलि अध्ययनको चस्का बिराटनगर पढ्दाखेरी नै थियो । वकालत शुरू गर्दा झन् अध्ययन गर्नु पर्ने बानीले पढन्ता बनायो । साहित्यिक पत्रपत्रिकाहरूमा गरिमा र मधुकर्प अंक नबिराई पढ्ने बानीको विकास भयो । लेख्दै जान थालियो । पढाइले लेखाइलाई र लेखाइले पढाइलाई दुवैतिरबाट सहयोग गरे । स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा नाम निस्कन थालेपछि आफूलाई एक प्रकारको सुखानुभूति हुँदै गयो । अनि लेखक बन्ने रहर भित्रबाट जागेर आयो ।
शुक्रबार ‘घर जाने बार’ भनेर हामी बिहीबार बेलुकादेखि नै ब्यागको चेन दसपल्ट खोलेर एघार पल्ट लगाउन थाल्दथ्यौं । हुन त हामी ‘घरकै लागि घरदेखि बाहिर बसेका’ थियौं । पढ्नका लागि घरमा त्यो सुविधा थिएन । केही जान्न र सिक्नका लागि घर छोड्नु उत्तम भन्ने कुरा शास्त्रले पनि सिकाएका थिए । ‘कको चेष्टा, बको ध्यान, स्वान निद्रा तथैवच्, अल्पहारी, गृह त्यागी, विद्यार्थी पञ्च लक्षणम्’ भनेर संस्कृत सूक्तिले जो आदेश फर्मान गरेकै थियो । नमानी सुख थिएन् । दायाँबाँयाँ ग¥यो भने बाका झापु खाइने । साथी सँगातीहरू पढेर तरक्की गर्दै थिए । आफ्ना पनि जीवनमा माथि जाने सपनाहरू थिए जो पढाइकै सोपान चढेर मात्र पूरा हुन सक्थे ।

.

शनिबार घरको काममा बाआलाई सघाउने मन हुन्थ्यो । बाआमा पक्का किसान भएकाले घरमा गोरखधन्दीय कामका हतारोले आमालाई सधैँ दपेटिरहेकै हुन्थे । बा बाहिरको काम गर्ने अनि खेतीपाती पनि आफैँले गर्ने भएकाले हरूवाचरुवा र अरू काम गर्ने मानिसका भरमा मात्र बेबहार चल्दैनथ्यो । जिनिश उब्जाएर बेच्ने अनि घर चलाउने संस्कार तराईका पहाडीया घरमा चलेको चलनै जस्तो थियो । यस्तो अवस्थामा कहिले गाईको गोठालो हुनु पर्दथ्यो । हातमा किताब च्यापेर गाई चराउन गएका बेला मेरा आदरणीय वृद्ध साथी सिद्धि हजुर बा नै हुन्थे । जो मलाई मेरो किताबले भन्दा पनि धेरै ज्ञान बुद्धि सिकाउँथे । उनलाई गुणरत्नमाला र लोकमञ्जरीका धेरै श्लोकहरू कण्ठस्त थिए । उनी कतिपय कुराहरूमा सविस्तार प्रमाण दिँदै यति राम्रो पाराले विषयवस्तुलाई अथ्र्याइदिन्थे कि अहिले आफूले त्यही शैली अख्तियार गरी कक्षामा विषयवस्तु मिहीन पारामा राख्दा स्वट एनालाइसिस् हुने रहेछ भन्ने कुरा बुझियो । विचरा ‘क’ पनि नपढेका मेरा ती गोठाले जीवनका साथी अझ आदर भावसाथ भन्दा अनौपचारिक गुरुलाई ती कुराहरू कसले, कहाँ र कसरी सिकायो होला ? अहिले सोच्दा मलाई ताज्जुब लाग्छ । शनिबार घरको काममा बाआलाई सघाउने मन हुन्थ्यो ।

बाआमा पक्का किसान भएकाले घरमा गोरखधन्दीय कामका हतारोले आमालाई सधैँ दपेटिरहेकै हुन्थे । बा बाहिरको काम गर्ने अनि खेतीपाती पनि आफैँले गर्ने भएकाले हरूवाचरुवा र अरू काम गर्ने मानिसका भरमा मात्र बेबहार चल्दैनथ्यो । जिनिश उब्जाएर बेच्ने अनि घर चलाउने संस्कार तराईका पहाडीया घरमा चलेको चलनै जस्तो थियो । यस्तो अवस्थामा कहिले गाईको गोठालो हुनु पर्दथ्यो । हातमा किताब च्यापेर गाई चराउन गएका बेला मेरा आदरणीय वृद्ध साथी सिद्धि हजुर बा नै हुन्थे । जो मलाई मेरो किताबले भन्दा पनि धेरै ज्ञान बुद्धि सिकाउँथे । उनलाई गुणरत्नमाला र लोकमञ्जरीका धेरै श्लोकहरू कण्ठस्त थिए । उनी कतिपय कुराहरूमा सविस्तार प्रमाण दिँदै यति राम्रो पाराले विषयवस्तुलाई अथ्र्याइदिन्थे कि अहिले आफूले त्यही शैली अख्तियार गरी कक्षामा विषयवस्तु मिहीन पारामा राख्दा स्वट एनालाइसिस् हुने रहेछ भन्ने कुरा बुझियो । विचरा ‘क’ पनि नपढेका मेरा ती गोठाले जीवनका साथी अझ आदर भावसाथ भन्दा अनौपचारिक गुरुलाई ती कुराहरू कसले, कहाँ र कसरी सिकायो होला ? अहिले सोच्दा मलाई ताज्जुब लाग्छ ।

कुरोको चुरो अर्कै रहेछ । उनी सानामा केही समय भागेर कलकत्ता पुगेका रहेछन् । नपढेको त्यसमा पनि पहाडबाट भागेर कलकत्ता पुगेको नेपालीले गर्ने काम भनेको दरबानी मात्रै हो । उनले पनि पापी पेटलाई पाल्नका लागि केही समय दरबानगिरी गरेछन् । संगत गुनाको फल भनेझैँ उनको मालिक बीबीसी हिन्दी सेवा र त्यस बेलाका अल इन्डिया रेडियोबाट आउने ‘बिनाका गीतमाला’ र ‘शिवाका गीतमाला’ का औधी सौखिन परेछन् । आजआज भोलिभोलि गर्दै उनी कानले मात्रै भए पनि बीबीसी र हिन्दी गीतका कार्यक्रमहरू सुन्ने गर्न थालेछन् ।

मानिसलाई कुनै कुराको पनि लत बस्न गाह्रो, लत बसिसकेपछि त्यही लत सुलत रहेछ भने उसले जीवनपर्यन्त पुग्ने सीप र क्षमताको विकास गर्न सक्तो रहेछ भन्ने कुरा उनले भलिभाँती बुझेछन् ।

केही समयको कलकत्ता बसाइबाट नेपाल फर्केपछि उनको बिहे तराई मै भएछ । खेतीपाती र गृहस्थीमा रमाएका उनी त्यसबेलाका जिम्दारहरूका अरौटेपठौते भएछन् । रहँदा बस्दा मधेशको सस्तो जग्गाजमिन उनका बाबुका अंश भाग लाग्दा दुई भाइ छोराहरूमा डेढडेढ विगाहा जग्गा भागमा आयो । अनि शुरू भयो –उनको कृषकीय जीवन ।

उनैले भनेको कुरा मैले जीवनमा ३५ वर्ष बीबीसी रेडियो सुनेर पछ्याएँ । उनी भन्थे –‘बीबीसी रेडियो दिन नबिराई सुन्ने ग¥यो भने त्यो मानिसको विश्लेषण पावर अब्बल हुन्छ ।’ नभन्दै उनी साक्षर मात्रै थिए । दस्तखत गर्न मात्र जान्दथे तर उनलाई मैले शीतयुद्धकालीन विश्वको सांसारिक राजनीति, अमेरिकाको भियतनाम माथिको आक्रमण, द्वितीय विश्वयुद्ध र भारतीय स्वतन्त्रता संग्राममा नबुझेका कैँयौँ कुराका गुत्थीहरू सोधेर क्लियर भएको छु । नबिराई र नबिसाई उनी खररर विश्व घटना बीबीसी कै शैलीमा कसैको पक्षविपक्ष नलिई बताउन सक्थे । कस्तो साक्षात् सरस्वती बसेको हुन्थ्यो उनका मुखमा । म छक्क पर्थें । मैले आई.ए.मा इतिहास मेजर लिएर पढेको ज्ञान निम्ठो लाग्थ्यो भने उनको अनौपचारिक ज्ञान झुसी लाग्ने खालको ।

उनी बिहान चियासँगै हिन्दी बीबीसी र राति खानापछि पहिले हिन्दी अनि नेपाली बीबीसी सुन्ने नियमित स्रोता रहेछन् । कानले सुनेका भरमै उनले बीबीसी रेडियोको समाचार, फिचर, विश्लेषण र अन्तर्वार्ताका आधारमा आफूमा अपार ज्ञानको भण्डार भरेको थाए पाएँ ।

खेतीपाती र पशुपालनमा उनलाई भेट्ने कोही गाउँले थिएनन् । असार साउनका बेला पानी पर्ने छेकछन्द नभएका बेलामा उनलाई हामी सोध्थ्यौं – ‘हजुर बा आज पानी पर्छ त ?’ हाँसेर उनी श्लोकमा अर्थ लगाउँथे –‘सावन पूर्वीया, भादो पश्तिया, आश्विन बहे इसान, कात्तिक मास सिस न डोले कहाँ राखेङ्गे धान ।’ जसको अर्थ हुन्थ्यो –साउनमा पूर्वीया हावाले, भदौमा पश्चिमी हावाले र असोजमा इसान दिशातिरबाट आएको हावाले पानी पार्छ । यसरी परेको पानीले सप्रेको धानको मुन्टो कात्तिकमा नहल्ली रह्यो भने धान राख्ने ठाउँ नै हुँदैन । यस्ता गुह्य कुरा त बूढालाई कत्ति आउँथ्यो कत्ति ?

बाख्रा औधी मन पर्दथ्यो उनलाई । उनका घरमा भएका बाख्रालाई उनी नामले बोलाउँथे । मधेशमा औधी जाडो हुन्थ्यो –त्यो बेलामा । उनी बाख्रालाई लुगा बनाएर चट्ट लगाइदिन्थे । कहिलेकाहीँ किशोर जिज्ञासा हामी उनीप्रति पोख्थ्यौं । सहज पारामा उनी भन्थे –‘सबैको मन उस्तै हो । बोल्न नसके पनि यी चौपायाले हाम्रो बेबहार सबै बुझ्छन् ।’ आज तीस वर्षपछि उनले भनेका कुरा मलाई सोह्रै आना सत्य लाग्छन् । अझ जब मैले प्रख्यात ‘खबुज’ उपन्यासको नेपाली अनुवाद पढे, त्यहाँ वर्णित परिवेश र उपन्यासको नायकले मजारेमा बाख्रासँग गरेको मानवीय व्यवहार र उनले मेरा सामुन्ने आजभन्दा तीस वर्षअघि गरेका बेबहार समान जँच्यो ।

एकदिन मेरो कान्छो भाइले विज्ञानको एउटा प्रश्न राख्यो । स्कुलमा उसलाई विज्ञानका सरले ‘कुनकुन जीवको फुल (अण्डा) र कुनकुन जीवको बच्चा हुन्छ’ भनेर गृहकार्य दिएका रहेछन् । पहिले मलाई सोध्यो । आफू परियो किताब पढेको मान्छे । अनि पढेको मान्छेले नपढेको कुरा नजान्ने । उनी कहाँ गयौं दाजुभाइ । घुर ताप्दै रहेछन् –उनी । चियाको सुर्को लिँदै ज्ञानी शैलीमा सहजै समस्याको गाँठो फुकाइ दिए –‘जुनजुन जीवजन्तुको कान देखिने गरी शरीरमा बाहिरबाट टाँसिएको हुन्छ तीती जीवका बच्चा हुन्छन् र जुनुजुन जन्तुको कानका स्थानमा दुलो हुन्छ र त्यसमा रौंले अलिअलि टालिएको हुन्छ वा ह्वाङ्ग हुन्छ ती जीवका फुल हुन्छन् ।’ यति भनेपछि मेरो मात्र नभएर भाइको समेत उनलाई सोध्ने उपप्रश्न केही रहेनन् ।

भाइले शनिबारको दिन हुनाले ‘क्यापिटल’ कापीमा तीनचार पेज लिष्ट बनायो । सबै कान हुनेका बच्चा र दुलो हुनेका फुल (अण्डा) हुने उत्तर भेट्यो । भोलिपल्ट उसको उत्तरले स्याबास मात्र पाएन विज्ञान शिक्षकबाट ‘लेमनचुस’ चकलेट पुरस्कार पनि हात पारेछ । पछि कुरा बुझियो ती विज्ञानका माष्टरलाई सञ्चालक समितिले शिक्षकमा स्थायी भर्ना गर्नका लागि त्यो प्रश्न दिएको रहेछ । उनले पूर्व जानकारी पाएको प्रश्न आफूलाई नआएपछि आफ्ना विद्यार्थीमार्फत् हल हुने आसामा ‘फ्लोर’मा राखेका रहेछन् । त्यही एउटा प्रश्नका कारणले उनको अस्थायी जागिर स्थायीमा परिणत गराएर उनी करिब ६ वर्षजति स्थानीय स्कुलमा विज्ञान शिक्षकमै रमाए । पछि लोक सेवाको शिक्षा समूहमा विनिमा परीक्षा उत्तीर्ण गरेर केही वर्षको शिक्षा सेवापश्चात् रौतहटतिर जिल्ल शिक्षा अधिकारी भए भन्ने सुनेको थिएँ । अहिले कहाँ छन् केही खुट्खबर था’छैन ।

अलिक वर्ष पछिको अर्को घटना पनि त्यस्तै रमाइलो लाग्छ । उनका स्थानमा अर्को विज्ञान शिक्षक आए । स्कुलमा माष्टर फेरिनु र देशमा सरकार फेरिनु उस्तैउस्तै लाग्थे । उनले पनि आफूलाई परेको समस्या विद्यार्थीलाई नै राखे । प्रश्न रहेछ –‘मानिस शाकाहारी कि मांसाहारी ?’ विद्यार्थीको त के कुरा ? त्यहाँ पढाउने मै हूँ भन्ने रैथाने माष्टरहरूको पनि ओठतालु सुक्यो ।

‘एक कान, दुई कान मैदान’ हुँदै प्रश्नको चुरो कुरोले सिद्धि हजुर बाका ठाममा नपुगी धरै पाएन । बूढाले बाख्रालाई बडहरको घाँस झार्दै गर्दा भनेका कुरा झल्झली अझै मेरा कर्ण विवरमा आइरहेछन् – ‘मानिस निसन्देह मांसाहारी हो ।

प्रमाण नंं १. मांसाहारीको आँखा टाउकाको ठिक अघिल्तिर हुन्छ किनकि सिकार उसको अघिअघि भागिरहेकाले प्रकृतिले उसलाई अघिल्तिर आँखा दिएको हो । शाकाहारीका आँखा टाउकाका दुवै साइडमा हुन्छन् कारण घाँसपात कहिल्यै भाग्दैनन् ।

प्रमाण नं.२. मांसाहारीका कुकुर दाँत हुन्छन् । मानिसका पनि मुखभित्र माथितल गरी चारवटा कुकुर दाँत छन् । कुकुर दाँत हुनु भनेको मासु चपाउनका लागि हो । शाकाहारीका कुकुर दाँत हुँदैनन् । अझ धेरै साकाहारीका माथितिर दाँत हुँदैनन् । गिजा मात्र हुन्छन् । मानिसका दुवैतिर दाँत छन् जसरी समग्र मांसाहारीका पनि दुवैतिर दाँत हुन्छन् ।

प्रमाण नं. ३. मानिसले खाना खाइसकेपछि घाँस खाने पशुजस्तै उग्राउँदैनन् ।

प्रमाण नं. ४. मानिसका हात गोडाका नङ् बढाउँदै जाने हो भने मांसाहारीका झैँ चुच्चा र तिखा हुँदै जान्छन् । त्यसो हुनु भनेको सिकार गर्न प्रकृतिले सजिलो बनाई दिएको हो ।

प्रमाण नं. ५.मानिसको औंला वा पञ्जा मांसाहारीका झैँ पाँचवटा छन् । जबकि गाईभैँसीको, भेडाबाख्राको, घोडा र ऊँटको खुरमा समानता छ । मानिसकामा समानता छैन । यसरी पाँचवटा प्रमाण भनीसक्दा उनी घाँसको मुठा चेपेर घर पुगिसकेका थिए । हामी उनलाई पछिपछि पछ्याइरहेका थियौं ।

यति भनिसकेपछि उनले मृदु मुस्कानसाथ भनेथे –‘बाबु हो, जीवनमा तीन कुरा कहिल्यै सकिँदैनन् । पढेर, रूख चढेर र बाटो हिँडेर । लागी राख । हिँडी राख । आफ्नो मंजिल आफैँ भेट्टाउने छौ, एकदिन ।’ यो कुरा सुन्दा मलाई कुनै विश्वविद्यालयको प्राडाभन्दा कम्ति विद्वता मेरा सिद्धि हजुर बामा रहेनछ भन्ने भान भयो ।

आखिर हो रहेछ । जानेर भन्दा नजानेरै मानिसले धेर कुरा जान्दो रहेछ । प्रकृतिलाई गुरु मान्ने सिद्धि हजुर बा ज्ञानका प्रशान्त महासागर नै रहेछन् । बाँचुन्जेल उनको गरिमा पढेलेखेका भनाउँदा हामीले बुझेनौं । बुझ्ने प्रयत्न पनि गरेनौं । जब उनी गए अनि  हामीमा चेत पलायो । बुद्धि आयो । सुद्धि बौरियो ।

.

‘‘एक गोली से तीनतीन सिकार’ कै भावमा एउटै उत्तरले भाइको गृहकार्य सम्पन्न हुनु, मेरो ज्ञानदायरा फराकिलो पारिदिनु र विज्ञान शिक्षकको जागिरलाई स्थायी गरिदिनु कम्ति तागत हो त ? अहिले म ती गाउँले हजुर बासँग धेरै वर्ष संगत गर्न समयले साथ नदिएकोमा थक्थकी मानिरहेको छु । मानिस विगताकांक्षी भई बाँच्नु पर्दो रहेछ । समयको प्रवाहलाई कसैले पक्रन सक्दो रहेनछ । ‘एक गोली से तीनतीन सिकार’ कै भावमा एउटै उत्तरले भाइको गृहकार्य सम्पन्न हुनु, मेरो ज्ञानदायरा फराकिलो पारिदिनु र विज्ञान शिक्षकको जागिरलाई स्थायी गरिदिनु कम्ति तागत हो त ? अहिले म ती गाउँले हजुर बासँग धेरै वर्ष संगत गर्न समयले साथ नदिएकोमा थक्थकी मानिरहेको छु । मानिस विगताकांक्षी भई बाँच्नु पर्दो रहेछ । समयको प्रवाहलाई कसैले पक्रन सक्दो रहेनछ ।

उनका सन्तान थिएनन् । अज्ञानको साम्राज्यले ढाकेको तिनताकको समाजले उनलाई कन्डापछाडि ‘अपुत्रो’ भनेर उड्किन्थ्यो । अघि परेर प्याच्च यस्तो दुर्वाच्य बोल्ने हिम्मत कसैको हुन्नथ्यो । गाउँमा पढेका मानिस थिएनन् । जो अलिअलि पढिटोपलेका हुन्थे ती अझ पढ्ने निहूँमा सहर जान्थे र सदासर्वदा सहरकै हुन्थे । खोजीपसेका खण्डमा यस्ता कति अनौपचारिक गुरुहरू हाम्रा हजारौं गाउँहरूमा अझै पनि गाईबाख्रा चराई रहेका होलान् । खेतीपाती गरिरहेका होलान् वा गाउँले जीवनमा रमाएर आफ्ना अनुभवका बर्का कसैलाई न्यानोसँग ओढाउन नपाएर छट्पटिरहेका होलान् । के थाहा ? ‘थेसिस’ बनाएर खोज्ने फुर्सद् कसलाई ?

श्रद्धाञ्जलिको नितान्त नयाँपन झिक्दै मैले यो करिब पच्चीस सय शब्दको निबन्ध तिनै महान् गाउँले हजुर बामा समर्पण गर्ने इच्छा गरेँ । आज मेरो मन सिमलको भूवाझैँ हलौं भइरहेको छ । ‘हजुर बा तपाईं जहाँ भए पनि मेरो नमन स्वीकार्नु होला ल ? म बाँचुन्जेल तपाईंलाई सम्झिरहने छु ।’

।।समाप्त।।

 

Published on September 21, 2017 at 3:18 pm

Loading...

यसमा तपाइको मत