अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

संजयलाइ सेभेन समिटको ३ लाख पचास हजार बराबरको सहयोग

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ९:५८ मा प्रकाशित

अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्समा सिफ आरोहणको तयारीमा रहेका विश्व पर्वतारोहि सञ्जय पण्डितलाई सेभेन समिट ट्रेकले सोमबार ३ लाख पचास हजार बराबरको सहयोग गरेको छ । नेपाललाई पर्वतारोहणको क्षेत्रबाट संसारलाई चिनाउन अथक भूमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो ।

कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष तथा सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक ताशी लाक्पा शेर्पाले एक लाख रुपैयाँ बराबरको चेक प्रदान गर्नुभयो । शेर्पाले करिब दुई लाख पचास हजार पर्ने डाउन ज्याकेट, हेलमेट लगायत हिमाल चढ्दा आवश्यक पर्ने सम्पूर्ण हिमाली कपडा पनि प्रदान गर्नुभयो । पण्डितलाइ चाइनाको चर्चित हिमाली कपडा कैलास र नेपाल बनेको माउनंटेन गेअरले कपडा सहयोग गरेको हो । पण्डितले किलर माउण्टेनको रूपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपी लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेका थिए भने युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए । c

पण्डितले जापानको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् । पण्डितले सगरमाथा तथा मनास्लु, सेभेन समिट ट्रेक्स एजेन्सीबाट सफल्तापुर्बक आरोहणका गरेका थिए । पण्डित याक माउनंटेन गेअरका ब्रान्ड एम्बस्डर समेत हुन ।

thapa

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू