अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

कसरी पकाउने यःमरी ?

बिआरटीनेपाल २०७३ मंसिर २३ गते २२:४१ मा प्रकाशित

जाडोमा महिनामा नाम सुन्दै मुखमा पानी आउने तातो यःमरी खानुको मजै बेग्लै हुन्छ । यःमरी बनाउन पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ ।

यःमरी बनाउन चाहिने सामग्री
– ताइचिन चामलको पीठो– एक केजी,
– तातो पानी,
– शुद्ध घिउ दुई चम्चा,
– चाकु दुईवटा/खुवा १०० ग्राम ।

बनाउने विधि
– पहिले तिललाई भुट्ने । त्यसपछि चाकु वा खुवालाई थोरै पानी हालेर पकाउने ।

– ताइचिन चामलको पीठोमा शुद्ध घिउ हालेर ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछ्नुपर्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । त्यसपछि एकनासको आकार हुने जति मुछिएको पीठोको एउटा डल्लो लिएर आकार दिनुपर्छ । पीठोलाई आकार दिँदा यःमरीको रूप बन्छ । पीठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पीठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ भने बिचमा खोक्रो ठाउँ बन्छ । यःमरीलाई विभिन्न आकार दिन सकिन्छ ।
– त्यो रित्तो ठाउँमा चाकु छ भने तिल पनि र खुवा छ भने खुवामात्र राख्ने ।

– त्यति गरिसकेपछि एउटा भाँडोमा पानी उमालेर त्यसमाथि बाफ छिर्ने खालको प्वाल परेको प्लेट वा मःम पकाउँदा प्रयोग गर्ने जस्तो भाँडोमा अघि बनाएर राखेको यःमरीलाई ३ देखि ५ मिनेट बफ्याए खान मिल्ने यःमरी तयार हुन्छ । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू