अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

टेक्सासमा रहेका नेपालीहरुमा लक्षित स्वास्थ्य शिविर सम्पन्न

बिआरटीनेपाल २०७३ मंसिर २० गते ०:३७ मा प्रकाशित

बिभिन्न कारणले डाक्टरको पहुँच नपुगेका अमेरिकाको टेक्सासका रहेका नेपाली नागरिकलाई लक्षीत गरि आयोजना गरिएको स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपाली समाज टेक्सासको आयोजनामा स्वास्थ्य परिक्षण, स्वास्थ्य परामर्श लगायतका बिबिध स्वास्थ्य मुलक कार्यक्रममका साथ शनिवार उक्त स्वास्थ्य शिविर टेक्सासमा सम्पन्न भएको हो ।

नेपाली समाज टेक्सासको आजसम्मको सबै भन्दा लोकप्रिय र प्रभावकारी कार्यक्रममको रुपमा हेरिएको यो स्वास्थ्य शिविरमा करिब २५० जनाले स्वास्थ्य सम्बन्धि परामर्श र उपचार एबम ल्याब सम्बन्धि सुबिधा प्राप्त गरेका छन् ।8-630x473

संयोजक दिनेश शर्मा र स्वयंसेवक बादल भुजेलका अनुसार ५० जनाले मुटु सम्बन्धि जांच, ५० जनाले इसिजी र अन्यले नियमित परिक्षण र परामर्श लिएका थिए।त्यस्तै शिविरमा मुटुको इसिजी निसुल्क गरिएको थियो भने सित्तैमा फ्लुको सुइ पनि प्रदान गरिएको थियो।

बिगत लामो समय देखि डाक्टर संजीव श्रेष्ठको सक्रियता र दिनेस शर्माको संयोजकत्वमा यस्तो खाले शिबिर संचालन हुँदै आएको छ। समुदायमा हुने यस्ता कार्यक्रममा स्वतस्फुर्त रुपमा सहभागी भै बिरामीको सेवा गर्ने काममा संजिव श्रेष्ठको योगदानको प्रशंसा सबैले गर्दै आएका छन् ।7-1-630x473

सेवाग्राहीहरू सेवा लिनको लागि धैर्यतापुर्बक बसेका थिए भने परिक्षण गर्न पाएकोमा सन्तुस्ट थिए। मुटु सम्बन्धि परिक्षण गर्न डाक्टर डन डेनिस आएका थिए भने नेपाली डाक्टर संजीव श्रेष्ठले बाँकी अन्य परिक्षण र परामर्श दिने काम गरेका थिए।

त्यस्तै उक्त अबसरमा बिहानै देखि रजिस्टर्ड नर्सहरु अधिकारी, सबिना रावल, सुनिता कुँवर, सुरक्षा थापा मुस्कान सहित सक्रिय रुपमा स्वास्थ्य परिक्षण सेवामा जुटेका थिए ।

कार्यक्रममा केलर निबासी १५ बर्षिय अल्बिन श्रेष्ठले बिहान ९ बजे देखि १२:१५ सम्म स्वतस्फुर्त रुपमा स्वयंसेवा गरेर सेवा गर्न उमेर होइन मन चाहिन्छ भन्ने प्रमाणित गरेका थिए। सम्पन्न स्वास्थ्य शिविरमा अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष कमल सापकोटा, महासचिव कमल सत्याल र कोशाध्यक्ष दिवस थापाले सक्रिय रुपमा सदा झैँ खटेका थिए ।2-3-630x473

उपचार र परामर्श प्राप्त गर्दा सेवाग्राहीहरु सन्तुस्ट देखिन्थे भने थकाइको बाबजुद स्वास्थ्य शिबिर सफल र प्रभावकारी बनेकोमा आयोजक र डाक्टर एवं नर्स लगायत स्वयंसेवकहरु समेत खुसी देखिएका थिए।

शनिबार बिहान ९ बजे शुरु भएको शिविर करिब २ बजे सम्म चलेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू