अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

ट्र्म्पको आगामी प्रशासनमा कागजविहिन आप्रवासीको त्रास

बिआरटीनेपाल २०७३ मंसिर ११ गते ११:४९ मा प्रकाशित

ट्रम्पले अपत्यारीलो किसिमले २०१६ मा सम्पन्न अमेरिकी राष्ट्र्पतीको ४५ औ चुनाव रिपब्लीकन पार्टीको उम्मेदवारको हैसियतबाट जिते।उन्ले आफ्नो राष्ट्र्पतीको कार्यकाल आगामी २० जनवरी २०१७ बाट सुरु गर्ने छन्। उन्ले चुनावका समयमा अमेरिकामा विनाकागजन बसोबास गरिरहेका आप्रवाशीहरुलाई देश निष्कासन गर्ने, अमेरिकी र मेक्सिको सिमानामा मेक्सिको खर्चमा पर्खाल लगाएर अनियमित रूपबाट अमेरिका प्रवेश गर्ने विदेशीहरुलाई रोक लगाउने, अमेरीकीकाको सङ्घीय सर्वोच्च अदालतमा पुरातनवादी बिचारधाराका व्यक्तिलाई न्यायाधिशमा नियुक्त गर्ने, देश बाहिर गएका कामहरू अमेरिकामा फर्काऊने जस्ता राष्ट्र्वादी नाराहरुका अगाडी सारेका थिए।

ट्र्म्पले राष्ट्रपतिको चुनाव जितेपछि कागजबिना अमेरिकामा करोडौका सङ्ख्यामा बसोबास गरी रहेका आप्रवासीहरु ट्र्म्पको प्रशासनले जनवरी २० पछि देशबाट निष्कासन गर्नेछ भन्ने चिन्तामा डुब्न थालेका छन्। आप्रवाशीहरुको ज्यादा बसोबास रहेका सहरमा ट्र्म्पले जितेको दिनदेखि नै उन्को विरोध गरिरहेका छन्। ओबामा प्रशासनले कागजबिहिन आप्रवाशीका नानीहरूलाई दिएको अस्थायी डापा र अन्य सुविधा खारिज गरेर असल आप्रवाशीहरुलाई देश निष्कासन गर्न पाईदैन भन्ने आवाजहरू उठाई रहेका छन्।

ट्र्म्पले आफ्नो प्रशानसमा न्याय विभाग र आप्रवाश सम्बन्धी नीतिमा काम गर्न मनोनीत गरेका व्यक्ति, सल्लाहकार। र कार्यदलका सदस्यको नाम हेर्दा उनीहरूले आप्रवाश सम्बन्धी नीतिलाई अझ कडा बनाउने छन् भन्ने अनुमान गर्न थालिएको देखिन्छ। एर्टनी जनरलका लागि प्रस्ताव गरिएको सिनेटर जेफ जेसनस, आप्रवाशी सम्बन्धी अन्तरमीम समूहका स्टीभन बेनन, र कोबचहरुको धारणाहरु पहिला नै सार्वजनिक भई सकेका पनि छन्।

ट्र्म्पले चुनावको सुरुको समयमा सबै कागजविहिन आप्रवाशीहरुलाई देश निष्कासन गर्ने नारा सारेका भए पनि पछिल्लो समयमा आएर यसरी देश निष्कासन गरिनेहरुमा आपराधिक गतिविधिमा लागेका आप्रवाशीहरु प्राथमिकताको सूचीमा पर्नेछन भनी संशोधन गरेका थिए। donald_trump

राष्ट्र्पती पदमा निर्वाचित भएपछि उन्ले सिबिएसलाई नोभेम्बर १४, २०१६ मा दिएको अन्र्तवातामा आपराधिक कार्यमा संलग्न रहेका, लागु औषधको कारोबार गर्ने, र आपराधिक समूहमा लागेका करिब २० देखि ३० लाख आप्रवाशीहरुलाई जेलमा राख्ने र देश निष्कासन गरिने छ… भनेका छन्।

२०१५ मा माईग्रेशन पोलिसी ईन्स्टीटुयटले अमेरिकामा १ करोड १० लाख कागजबिहिनी आप्रवाशीहरु रहेका अनुमान गरेको छ। ती मध्ये तीन लाख अदालतबाट १ वर्ष भन्दा माथिको सजाय पाएका फेलोन अपराधिहरु र ३ लाख ९० हजार भने १ वर्ष भन्दा कम सजाय पाएका अपराधिहरु रहेका छन्। तर ट्र्म्पले दिएको आकडा भने अमेरिकी अद्यागमन विभागले २०१३ मा तयार पारेको प्रतिवेदनमा आधारित रहेको अनुमान गरिन्छ। जस अनुसार १९ लाखको सङ्ख्यामा आपराध गरेका कारणले देश निष्कासन गरिनु पर्ने आप्रवाशीहरु रहेका छन्। भने ८ लाख ७० हजार अदालतको फैसलाबाट देश निष्कासनको आदेश भएता पनि अमेरिकामा नै बसिरहेका छन्।

एलए टाईम्सका अनुसार ट्र्म्पलाई सल्लाह र सहयोग गर्ने टिममा रहेका व्यक्तिहरूले विशेष गरेर आपराधिक कार्यमा संलग्न रहेका आप्रवाशीहरुलाई देशि निष्कासन गर्ने योजना तयार पारिरहेका छन्। अमेरिकी अद्यागमन अधिकारीहरुको भनाई अनुसार प्रति वर्ष ४ लाखको सङ्ख्यामा यस्ता आप्रवाशीहरुलाई देश निष्कासन गर्ने क्षमता उनीहरूसँग छ। किनकि ओबामा प्रशासनले पनि २०१२ मा यतीनै सङ्ख्यामा देश निष्कासन गरेको थियो। अमेरिकी काँग्रेसले अतिरिक्त बजेट नदिएको अवस्थामा २० लाख आप्रवाशीहरुलाई देश निष्कासन गर्न ५ वर्षको समय लाग्नेछ।

ओबामा प्रशासनले २०१२ मा ल्याएको डापाको अस्थायी सु्विधा अन्र्तगत अमेरिकामा बस्न, पढन, र काम गर्ने अनुमति पाएका कागजविहिन आप्रवाशीका नानीहरुले सङ्ख्या ६ लाख ६५ हजार रहेको छ। ट्र्म्पले आफू राष्ट्र्पती भएको खण्डमा यो योजना खारिज गर्ने नारा दिएको थिए। जस्को कारणले गर्दा उच्च शिक्षा हासिल गरिरहेका मेधावी विद्यार्थी र कामदार डापाहरु आफ्नो भविष्यलाई लिएर चिन्तित भई रहेका छन्। त्यस्तै आपराधिक गतिविधिमा संलग्न नरहेका कानुनको पालना गर्ने श्रमजीवी कागजबिहिन आप्रवाशीहरु पनि देश निष्कासनमा परिएला भन्ने पिरमा छन्।

ट्र्म्प प्रशासनले २० जनवरी २०१७ बाट आफ्नो कार्य प्रारम्भ गर्ने छ। त्यो भन्दा अगाडी नै डिसेम्बर २७, २०१७ मा टिपिएसको निवेदन दिने म्याद सकिन्छ। डापा लगायतका कतिपय अस्थायी सुविधा पाइरहेका नेपालीहरूले टिपिएसको सुविधा लिदा राम्रो हुने अवस्था पनि रहन सक्दछ। टिपिएसको सुविधा पाऊनका लागि पुग्नुपर्ने अन्य मापदण्डका अतिरिक्त २४ जुन २०१५ सम्ममा अमेरिकामा आई निरन्तर रूपबाट अमेरिकामा बसोबास गरिरहेको हुनु पनि पर्दछ। यो अस्थायी सुविधा जुन २४, २०१८ सम्म अर्थात् १८ महिनाका लागि रहने छ।

ट्र्म्पको प्रशासनले आफ्नो कार्यकाल औपचारी रूपले सुरु गरेपछि मात्रै वास्तविक नीति के आउँछ भनी थाहा पाउन सकिन्छ। चुनावको सुरुमा सबै कागजबिहिन आप्रवाशीहरुलाई निष्कासन गर्ने नारा दिएपनि पछिल्लो समयमा ट्र्म्प र उन्का सहयोगीहरुले दिएको अन्र्तवार्ता हेर्दा निष्कासनको पहिलो चरणमा अपराध गरे बापत अदालतबाट दोषी ठहरिई देश निष्कासनको आदेश भई सकेका आप्रवाशीहरु पर्ने सम्भावना बढी देखिन्छ। यो नीति ओबामा प्रशासनले पनि अपनाई रहेको छ। र यही नीतिको कारणले २००९ देखि २०१५ सम्ममा ओबामा प्रशासनले २४ लाखको सङ्ख्यामा देश निष्कासन गरी सकेको छ।

अपराध गरे बापत सजाय पाएका र देश निष्कासनको आदेश भएका आप्रवाशीहरुलाई खोज्दा अन्य कागजबिहिन आप्रवाशीहरु पक्राउमा परे भने थुनामा पर्ने, देश निष्कासनका लागि अदालतमा उपस्थित हुने व्यहोराको सूचना पाउने, र प्रतिरक्षाका लागि कुनै आधार देखाउन नसक्दा देश निष्कासनको फैसला भई अन्तत अमेरिकाबाट निष्कासीत हुने सम्भावना पनि रहन सक्दछ। किनकि ओबामा प्रशासनले अपराध गर्ने कागजबिहिन आप्रवाशीहरुलाई देश निष्कासन गर्दा पक्राउ परेर देश निष्कासनमा परेका निरपराधिक आप्रवासीहरुको सङ्ख्या पनि मmण्डै आधा जस्तै रहेको थियो।

http://www.migrationpolicy.org/news/unauthorized-immigrants-criminal-convictions-who-might-be-priority-removal
तसर्थ आपराधिक गतिविधिमा संलग्न नरहेका व्यक्तिहरूले पनि आफू चनाखो हुनु पर्दछ। हल्लाको भरमा भन्दा पनि आधिकारिक निकाय, अद्यागमन वकिल, र अद्यागमनको क्षेत्रमा काम गर्ने इजाजत प्राप्त विश्वसनीय संस्थाहरूको सम्पर्कमा रहनु उचित हुन्छ। किनकि दलाल, नोटरी, ठग, र गैरवकिलबाट यस्तो समयमा कागज बनाई दिने झुठो आस्वासन दिएर पैसा लिने सम्भावना बढी रहन्छ।

प्रस्तुत लेख तपाईँको जानकारीको लागि मात्र तयार पारिएको हो कानुनी परामर्शका लागि होइन। तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू