बालक हराएको सूचना

विआरटी नेपाल सम्बाददाता,

युरोप शाह नामका बालक एक हप्ता देखि सम्पर्क बिहिन आमा सरस्वति तनावमा
नेपाली काँग्रेसको भात्री सङ्गठन तरुण दलकी नेत्री सरस्वति शाहको छोरा युरोप शाह एक हप्ता अगाडी बिहान ९:३० बजे विद्यालय जाने क्रममा बालुवाटार देखि हराइरहेको तथा सम्पर्क बिहिन अवस्थामा रहेको हुँदा र अहिले सम्म कहीँ कतै नभेटिएको हुँदा सम्पूर्ण नेपाली आम समुदायलाई आफ्नो छोरा खोजिदिन आग्रह गरेकी छिन l प्रहरी प्रशासनबाट पनि खोजी कार्य भइरहेको तर अहिले सम्म कहीँ कतै पत्ता नलागेको हुँदा सम्पूर्ण नेपाली जना समुदाय लाई आफ्नो छोरा खोजी गरिदिनु हुन आग्रह गरेकी छिन l

वर्ष १४ को कक्षा ८ मा पढ्ने गहु गोरो वर्णको युरोप शाह नामको बालक विद्यालय जान भनी बालुवाटार उपहारमार्गबाट बिहान ९:३० बजे घरबाट हिडेको तर विद्यालय पनि नपुगी अहिले सम्म सम्पर्क बिहिन रहेको हुँदा देख्नु तथा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी वा आमा सरस्वतिलाइ समपर्क गरी बुझाइ दिनु हुन अनुरोध गरिन्छ l

नाम : युरोप शाह
कक्षा: ८
उमेर: १४
ठेगाना: बालुवाटार, उपहारमार्ग
सम्पर्क: ९८५१००३६८०

Published on November 26, 2016 at 11:36 am

Loading...

यसमा तपाइको मत