अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

गोरखा २ (क) बाट नयाँ शक्तिका हरिशरण आचार्य र (ख) बाट काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयी

बिआरटीनेपाल २०७४ मंसिर २३ गते ५:२५ मा प्रकाशित

गोरखा क्षेत्र नं २ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्य १५ हजार ३४३ मत प्राप्त गरी विजयी हुनुभयो ।  उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभयो ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य बाबुरामले नयाँ शक्ति अभियान सञ्चालन गरेदेखि नै पालुङटार क्षेत्रमा रहेर राजनीतिमा लाग्नुभएको थियो ।

त्यस्तै क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी १५ हजार ८५३ मत सहित विजयी हुुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओवादी केन्द्रका अमर तमुले १३ हजार ४११ मत प्राप्त गर्नुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू