अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका दुर्गबहादुर रावत विजयी 

बिआरटीनेपाल २०७४ मंसिर २३ गते ३:२५ मा प्रकाशित

कालीकोटबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावत २१ हजार १११ मत ल्याई विजयी हुनु भएको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) उम्मेदवार कुर्मराज शाही विजयी हुनुभएको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनकै नेकपा (माओवादी केन्द्र)का नेता तथा बिना विभागीयमन्त्री महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।

प्रदेशसभा (क)बाट विजयी उम्मेदवार कुर्मराज शाहीले ११ हजार ९३५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका टेकराज शाहीले चार हजार ७८९ मत ल्याउनुभएको छ । त्यसैगरी प्रदेशसभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)नेता तथा बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फका नेकाका उम्मेदवार कालीबहादुर सहकारीले नौ हजार ३४२ मत ल्याउनुभएको छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू