अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

मोरङ –१ बाट एमालेका उम्मेदवार खतिवडा विजयी

बिआरटीनेपाल २०७४ मंसिर २२ गते १९:३३ मा प्रकाशित

मोरङ क्षेत्र नं १बाट नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।

खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको छ ।

मोरङमा अहिलेसम्म तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैमा नेकपा (एमाले) विजयी भएको छ । यसअघि मोरङ क्षेत्र नं ६ बाट लालबाबु पण्डित र क्षेत्र नं ३ बाट भानुभक्त ढकाल विजयी हुनुभएको छ । मोरङका क्षेत्र नं २, ४ र ५ मा मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू