अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

चलचित्र हुर्रेको ‘ठेकीमा दही’ गीतमा केकी अधिकारीसँग राजाराम पौडेलको ठुम्का (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर २२ गते ५:१९ मा प्रकाशित
अभिनेत्री केकी अधिकारीले आफुभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग कम्मर मर्काएकी छिन् । पछिल्लो पटक सार्वजनिक फिल्म ‘हुर्रे’को गीतमा केकी र राजारामसँगै अर्का लिड अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।
फिल्मको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र  मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् ।
यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । अनुपबिक्रम शाही, संगीता नापित लगायत फिल्ममा लिड अभिनेतामा छन् ।

प्रतिक्रिया