अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

रुकुम पूर्वबाट माओवादी केन्द्रकी कमला रोका विजयी

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १८:१४ मा प्रकाशित

रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याई रोका विजयी बनेकी हुन् ।

 निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् भने तेश्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १ हजार ४ सय ८९ मत ल्याएका छन् । उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

२७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । रुकुम पूर्वमा मंसिर १० गते निर्वाचन भएको थियो ।आजको कान्तिपुरमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू