अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

चुनावको बिषयलाई लिएर आफ्नो बारेमा प्रकाशित झुटा समाचारप्रति धुर्मुस-सुन्तलीको ध्यानाकर्षण

बिआरटीनेपाल २०७४ मंसिर १९ गते ४:४१ मा प्रकाशित

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर रौतहटको सन्तपुरमा एकिकृत नमुना बस्ती बनाउन खटिइरहेका छन् । यसबैबिच चुनावको बेलामा धुुर्मस सुन्तलीले बस्तीका स्थानियलाई कुनै एक पार्टी तथा ब्यक्ति तोकेर भोट हाल्न लगाए भनेर बिभिन्न अनलाइन मिडियामा आएका समाचार प्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेखेका छन् ।

ध्यानाकर्षण

संसारभरीका लाखौं सहयोगी हातहरुको सहकार्यमा अहिले हामी रौतहट को सन्तपुरमा बाढीपीडित का लागि  ‘एकीकृत नमुना सन्तपुर वस्ती’ निर्माण गरि रहेको सर्व विदितै छ । सयौं स्वयम्सेवीहरुको साथमा हामी दुवै पतिपत्नी रातो दिन यहां खटि रहेका छौं । तरपनि धुर्मुस–सुन्तली फाउण्डेसनको विशुद्ध सामाजिक र गैह्र राजनैतिक पहिचानलाई बिभिन्न क्षेत्रबाट धमिलो बनाउने कार्यले बेला बेलामा हामीलाई दुखित बनाउने गरेको छ । 

यसै प्रसंगमा केही अनलाईनहरुले आसन्न निर्वाचन र हामीलाई जोडेर जनतालाई अन्योल र हामीलाई बिवादित बनाउने गरी भ्रामक समाचार संप्रेषण गरेको प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । हामीहरुले कुनै राजनैतिक दल, समुह वा ब्यक्तिलाई भोट हाल्न कहिं, कतै, कहिल्यै र कसैलाई पनि आह्वान गरेका छैनौं । ‘धुर्मुस–सुन्तलीले फलाना पार्टीलाई भोट माग्न आह्वान गरे’ भन्ने आसयको उक्त कपोलकल्पित समाचारप्रति हामी खेद प्रकट गर्दछौं । स्वतन्त्र नागरिक भएर विशुद्ध रूपमा सामाजिक काममा अघि बढिरहेको बेला यस प्रकारका समाचार ले हामी लाई निकै दुखी बनायको छ तसर्थ  यस्ता कपोलकल्पित, भ्रामक र नियोजित समाचारप्रति आपती जनाउदै माघ २४ गते हाम्रो वस्ती निर्माण पुरा गर्ने अठोटलाई सफल पार्न सधैं झैं तपाईंको साथ र सहयोगको अपेक्षा गर्दैछौं धन्यवाद ।

 

धुर्मुस -सुन्तली।

प्रतिक्रिया