अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

आप्रवासी सम्बन्धी राष्ट्रसंघीय घोषणापत्रबाट अमेरिका बाहिरियो

बिआरटीनेपाल २०७४ मंसिर १८ गते १२:२१ मा प्रकाशित

ट्रम्प प्रशासनले अमेरिकालाई संयुक्त राष्ट्रसंघको आप्रवासन सम्बन्धी घोषणापत्र न्यू योर्क डिक्लेरेसन फर रिफ्यूजीज् एण्ड माइग्रेन्ट्स्बाट बाहिर निकालेको छ । घोषणापत्र अन्तर्राष्ट्रिय कानुनजस्तो बाध्यकारी नभएपनि विश्वभरका आप्रवासी र शरणार्थीहरुलाई राम्रो सुविधा दिने उदेश्यले गरिएको थियो ।

राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले आइतबार वक्तव्य जारी गर्दै राष्ट्रसंघीय घोषणापत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिसँग मेल नखाने बताइन् । ‘आप्रवासी नीतिसम्बन्धी (हाम्रो) निर्णय अमेरिकन, अमेरिकन एक्लैले गर्नुपर्छ,’ वक्तव्यमा उल्लेख छ, ‘हाम्रो सीमा कसरि उच्चतम रूपमा सुरक्षा गर्न सक्छौँ र कसलाई हाम्रो देशमा छिर्न दिने भन्ने निर्णय हामी गर्छौँ । न्यू र्योक डिक्लेरेसनमा भएको विश्वव्यापी विधि अमेरिकी सार्वभौमसत्तासँग मेल खाँदैन ।’

कसलाई हाम्रो देशमा छिर्न दिने भन्ने निर्णय हामी गर्छौंः राष्ट्रसंघका लागि अमेरिकी दूत, निक्की हेली

अन्तर्राष्ट्रिय आप्रवासन एक्लै व्यवस्थापन गर्न सक्ने देश छैनः  राष्ट्रसंघ महासचिव, मिरोस्लाभ लाज्केक

तर, कूटनीतिक स्रोतलाई उद्घृत गर्दै हेलीले आप्रवासी सम्बन्धी राष्ट्रसंघीय बैठकमा आफ्नो देशको प्रतिनिधित्वका लागि अमेरिकालाई घोषणापत्रको एउटा पक्षका रूपमा स्वीकार्न आग्रह गरेकी र त्यसलाई ट्रम्पले अस्वीकार गरिदिएको फरेन पलिसीले उल्लेख गरेको छ ।

न्यू योर्क डिक्लेरेसन फर रिफ्यजीज् एण्ड माइग्रेन्ट्स् २०१६ मा जारी गरिएको थियो जसलाई १ सय ९६ देशले अनुमोदन गरेका थिए । बाध्यकारी नभएपनि यो घोषणापत्रको उद्देश्य आप्रवासीको वर्तमान तथा भावी अवस्था सम्बोधन गर्न अन्तर्राष्ट्रिय सवन्मय बढाउनु हो । धेरैले यो घोषणापत्र आप्रवासी र शरणार्थी अधिकारका पक्षमा एक कदम अघि रहेको भन्दै समर्थन गरेका थिए । यसलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीमा भएको खाडल पुरा गर्ने र शरणार्थी सम्बधी जिम्मेवारी बाँड्ने विधिका रूपमा हेरिएको थियो । पालना गर्न बाध्यकारी नभएको घोषणापत्रबाट बाहिरिनुले आप्रवासीप्रति ट्रम्प प्रशासनको सोच प्रतिविम्वित गर्छ ।

घोषणापत्रबाट बाहिरिने ट्रम्प प्रशानको निर्णयप्रति राष्ट्रसंघका महासचिव मिरोस्लाभ लाज्केकले असन्तुष्टि जनाएका छन् । उनले विज्ञप्तिमार्फत भनेका ‘अन्तर्राष्ट्रिय आप्रवासन व्यवस्थापन आफैँ गर्न सक्ने’ देश नभएको बताएका छन् ।

‘विश्वभरका मानिस स्वागत गरेर सदभाव देखाएको इतिहास भएको अमेरिकाकार भूमिका यो प्रक्रियामा भूमिका महत्त्वपूर्ण छ, किनभने यो सबैभन्दा धेरै आप्रवासीको घर हो,’ वक्तव्यमा उल्लेख छ, ‘अमेरिकासँग आप्रवासनको प्रक्रिया अघि बढाउने र सफल नतिजा निकाल्ने अनुभव र विज्ञता दुवै छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू