अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

वातावरणीय मुद्धामा अमेरिकी नेतृत्व अनुपस्थितः ओबामा

बिआरटीनेपाल २०७४ मंसिर १८ गते १२:०७ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वातावरणीय मुद्धामा अमेरिकी नेतृत्व अनुपस्थित रहेको बताएका छन् । ह्वाइट हाउसका पछिल्ला उत्तराधिकारी डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै उनले फ्रान्समा आयोजित एक समारोहमा यस्तो बताएका हुन् ।

‘वातावरणीय मुद्धामा अमेरिकी नेतृत्व अनुपस्थित छ,’ उनले भने, ‘त्यसका वावजुद तपाईँहरू अमेरिकी कम्पनी, राज्य र सिटीहरु यो मुद्धामा काम गरिरहेको देख्न सक्नुहुनेछ ।’

राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिने धम्की दिएका थिए । ओबामाको भनाई यो धम्की लक्षित थियो । ओबामाले ह्वाइट हाउसका पछिल्ला उत्तराधिकारी ट्रम्पमाथि गरेको टिप्पणी सुनेर कार्यक्रममा सहभागीहरू हाँसेका थिए । कार्यक्रमको शनिवार साँझ पेरिसमा इन्टरनेट र सञ्चार उद्यमीहरुको क्लब अफ लिडर्सले गरेको थियो । कार्यक्रममो नारा ‘फियर लेस, इन्नोभेटिभ मोर’ थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति ओबामाको ५ दिने अन्तर्राष्ट्रिय भ्रमण पेरिसमा भएको उक्त कार्यक्रमसँगै टुंगिएको छ । त्यहाँ उनले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँग लञ्च खाएका र बिजिनेस लिडरहरुलाई सम्बोधन गरेका थिए ।

प्रेसिडेन्सियल इलिजी प्यालेसमा भएको प्राइभेट लञ्चमा ओबामाले म्याक्रोनसँग २ घण्टा बिताएका थिए, जहाँ पत्रकारहरुलाई पनि जान दिइएको थिएन । त्यहाँ सुरक्षाको कडा बन्दोबस्त गरिएको थियो ।

ओबामाले फ्रान्सका पूर्व राष्ट्रपति फ्रास्वाँ अलोँसँग पनि भेटेकका थिए । भेटपछि अलोँले पेरिस सम्झौतामा हस्ताक्षर गरेको लामो समयपछि वातावरण परिवर्तनका सम्बन्धमा छलफल गरेको भन्दै ट्विट गरेका थिए । तापक्रम वृद्धि रोक्ने उदेश्यले ग्रीन हाउस ग्यास उत्सर्जन केन्द्रित पेरिस सम्झौतामा ओबामा र अलोँले पनि हस्ताक्षर गरेका थिए ।

‘हामी पेरिस सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त छौँ,’ अलोँले ट्वीटेका छन् । ओबामाले वासिङ्टनबाट नभएपनि अन्य राज्यबाटै हुने कामबाट कार्वन उत्सर्जन रोक्ने प्रतिबद्धता पूरा हुनेमा विश्वस्त रहेको बताए । उनी चीन र भारतपछि पेरिस पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू