अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

आज राति १२ बजेपछि मौन अवधि सुरु

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १७:२१ मा प्रकाशित

मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको  सोमबार (आज) राति १२ बजेपछि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन्।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू